ट्रेन्डिङ्गमा सुजाता !

  • 826
    Shares
ट्रेन्डिङ्गमा सुजाता !

काठमाण्डौं: `ए दाजु नसमाउ नाडिमा´ बोलको गीतपछि एकाएक चर्चाको शिखर पुगेकी गायिका सुजाता बर्मा `सार्‍है हेप्यो भेनाले एक्लो हुनाले´… बोलको गीतबाट गीत रिलिज भएको छोटो समयमै trending मा परेकी छन ।

रबिन्द्र भारती बिश्वबिद्यालय कोलकाता, भारतबाट गायन बिषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेकी सुजाता प्रखर सङ्गीत गुरु बिनय बर्माकी सुपुत्री हुन भने रेडियो नेपालको आधुनिक गीत गायनतर्फ बि. स. २०६७ सालमै गोल्ड मेडलिस्ट भैसकेकी सुजाता सास्त्रीय गायनमा नेपालकी निर्बिकल्प नाम हुन ।

प्रसङ्ग हो नवराज कलाउनिको शब्द, राजेन्द्र भाटको सङ्गीत र सुजाता बर्मासङ्ग राज खम्बुको स्वर रहेको गीत मुनाको । मोहित मुनालको मनमोहक सङ्गित संयोजन रहेको गीतमा नाजिर हुसेन, स्वस्तिमा खड्का र रियासा दहाललाई राजिब समरले लोभलाग्दो पारामा नचाएका छन । मुना नाम दिएको यो गीत ऐले लगातार ट्रेन्डिङ्गमा उकालो चढिरहेको छ भने गायनमा Mr. RJ पनि जोडिएका छन ।

अन्शु राइको लगानी रहेको यो गीतलाइ शान थापाले शानदार बनाएका छन भने मानिक पाख्रीन को कला निर्देशन समेतलाई अर्जुन तिवारीले सुन्दर दृश्याङ्कन गरेका छ्न ।