भोकका सारथीहरुका नाममा !

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल मनोरञन स्वास्थ्य/शिक्षा

महेश आचार्य,काठमान्डौ:

दर्जनौ चलचित्र र म्युजिक भिडियोमा अभिनय गरीरहेका नायक अर्जुन थापालाई आजभोली हरेक दिन बिहानै उठेर ललितपुरको चाँगाथली पुग्नैपर्छ तर चलचित्र वा म्युजिक भिडियो छायांकन को लागी भने होइन । वहाँजस्तै करिब बिस पच्चिस जना दयालुहरु त्यहाँ भेला भएर पहिले सागसब्जी, दाल, चामल खरिद अनि पकाउने काम । यसरी भनिरहँदा लाग्नसक्छ वहाँहरु सायद आफ्नो भिडियोले युटुबमा करोड दर्शक पाएको उपलक्ष्यमा पार्टी गर्दै हुनुहुन्छ । तर हाम्रो त्यो अनुमान पनि गलत प्रमाणित हुन्छ जब हामीले यो कामको सहि अर्थ थाहा पाउछौ ।

नायक अर्जुन थापा, बिनय बस्नेत, सपना रोका मगर सहितको एउटा ठुलो समुह काठमाडौमा लकडाउन शुरु भएदेखिनै भोकाहरुलाई नि:शुल्क खाना खुवाउदैछन । वहाँहरुको यो सत्कर्मलाइ धेरै साथी र सारथीहरुले साथ दिदैछन । वहाँहरुले हरेक दिन साझ पाँच बजे
पशुपतिनाथ मन्दिरकोको बसपार्क क्षेत्र पुग्नै पर्दछ । जहाँ पर्खीरहेका हुन्छ्न करिब चार सयको हाराहारीमा भोका मान्छेहरु । त्यहाँ खाना बाडेपछि वहाँहरुले भोलिको तयारीमा जुट्नपर्ने हुन्छ ।

प्रधानमन्त्री के. पी. शर्मा ओलिले त अब कोहि भोकै मर्दैन । सरकारले भोकाहरुको घर घरमै दाल चामलको पोको पुर्‍याउन पठाउछ भन्नुहुन्थ्यो नि भन्ने प्रश्नमा नायक थापाले त्यो ब्यबस्था नेकपाका कार्यकर्ताको लागी होला भन्ने संका व्यक्त गर्नुभयो र भन्नुभयो मन्त्रीहरुले यात्रामा आफ्नो गाडिको सिसा खोलेर मात्रै हेर्ने गरे पनि भोकाहरुको ब्यथा थाहा पाउनुहुने थियो तर सरकारलाइ त आफ्नै ब्यबस्थापन गर्नै गार्हो भैरहेको छ ।

बेवारिसे बेवास्थापन तथा पुनर्जीवन केन्द्र संस्था बाट अद्द्यक्ष बिनय बस्नेत, नायक अर्जुन थापासहित सपना रोका मगर ,पवित्रा लामा, सर्मिला वईबा, सरोज देवकोटा , कुमार भट्टराई, मुना अधिकारी, पबित्रा लामा लगायतको एउटा ठुलो समुह यो पुन्य काममा २०७६ चैत देखीनै दिनरात खटिरहेको छ ।

बिनय बस्नेत र वहाँकी छोरी सपना बेवारीसे लाश जलाउने काम गर्दै आउनु भएकोमा यो पल्टभने भोकाहरुको सारथी समेत बन्नुभएको छ । वहाँहरुलाई महान काममा सहयोग गर्न बिनय बस्नेत – ९८६५-१०५०६०, र नायक अर्जुन थापालाई – ९८४९-५६९७९३ मा फोन गर्न सकिनेछ ।

एकपल्ट सोध्न मन लाग्छ, यसरी आफ्नो रोजीरोटिनै माया मारेर अरुकै भोको पेटको चिन्ता लिएर बाच्ने बिनय र अर्जुन जस्ता सारथीहरुको बिर्सिएको आफ्नै भोक-तिर्खा चाहिँ कस्ले सोध्छ होला, कस्ले बुझ्छ होला । जय होस भोकका सारथीहरुको ।

Leave a Reply

Your email address will not be published.