देबकोटाको सपनीमा….

आर्टीष्ट प्रोफाइल मनोरञन

महेश आचार्य ,काठमाडौ:

गीतकार संघका अध्यक्ष चुडामणी देबकोटाको सपनीमा नामको नयाँ गीत सार्बजनिक भएको छ । देशभक्ति गीतमा कलम चलाउन औधी मन पराउने देबकोटाले यो पटक श्रीङ्गारिक धारको गीत प्रस्तुत गर्नुभएको छ ।

शक्ति बल्लभको सङ्गीत र स्वरमा OSR Digital Youtube Channel बाट सार्बजनिक गरीएको गीतमा रमेश कोइरालाले लिगेश भट्टराई, रेश्मा सुबेदी र कन्चन चालिसेलाई निक्कै सान्दर्भिक ढङ्गमा प्रस्तुत गरेका छन भने प्रदिप श्रेष्ठलेले तारिफयोग्य ढङ्गमा नचाइदिएका छन ।

गज्जप कुरा त के छ भने बिम्बै बिम्बले भरीएको एउटा उत्कृष्ट रचनालाई गायक स्वयंले छमछमी नाच्न मिल्ने बनाएका छन । यस अर्थमा गहन शब्दलाइ पनी नाच्न मिल्ने बनाउन सकिने रहेछ, यो नै यस गीतको मुल अनि सबल पाटो हो ।

प्रेमिल प्रश्नहरुले भरीएको सुमधुर गीतका लागी गीतकार चुडामणि देबकोटा सहितको यो स्रस्टा समुहलाइ असिम शुभकामना ।

Leave a Reply

Your email address will not be published.