ट्रेन्डिङ्ग यात्रामा आशुको अर्थ-३

  • 3K
    Shares
ट्रेन्डिङ्ग यात्रामा आशुको अर्थ-३

महेश आचार्य काठमाडौ:

नेपाली आधुनिक गीति क्षेत्रमा गायक शिब परियार आफैमा एक ब्राण्ड हुन । लोक, पप आधुनिक सबै बिधामा उत्तिकै जमेका उनले यहि साता आफ्नो लोकप्रिय गीत आशुको अर्थको भाग-३ सार्बजनिक गरे ।

शिब परियारको आफ्नै युटुब च्यानलमार्फत सार्बजनिक भएको यो गीतले आफ्नो ट्रेन्डिङ्ग यात्रा सुरु गरीसकेको छ । कहिँ कतै बुस्ट नगरीएको यो गीतले यसरी लोकप्रियता हासिल गर्नु आधुनिक गीतको खस्केको बजारका लागी आफैमा एक सुखद संकेत पनि हो ।

आशुको अर्थको सबै भागको शब्द रबि अधिकारीले लेख्दै आएका छन । सङ्गीत गायकको आफ्नै छ भने यो अंककोलागी गोपाल रसाइलीले गरेको सङ्गीत संयोजनलाई शिबको स्वरसङ्ग मिसाएका महेश्वरमान राजभण्डारीले श्रुतिमधुर मात्रै होइन साच्चै मन छुने समेत बनाईदिएका छन ।

सबै भागको गीत निर्देशनको अवसर पाएका निकेश खड्काले यो अंकमा अझ धेरै तारिफ बटुलेका छन भने अरु अंकमा भन्दा अझै ससक्त र मनछुने अभिनय गरेका छन आकाश श्रेष्ठले । हरी हुँमागाईले खिचेको दृश्यहरुलाई बिकाश धमलाले उत्कृष्ट सम्पादन गरेका छन ।

भिडियो: