इलामका स्रष्टा महेश आचार्यलाई वर्ष गीत पुरस्कार

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति प्रदेश नं. १ प्रमोसन मनोरञन

चितवन: वर्ष गीत पुरस्कार गीतकार महेश आचार्यलाई प्रदान गरिएको छ । चितवनको नारायणगढमा शनिबार आयोजित नेपाल गीतकार संघको १० औं वार्षिकोत्सवका अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई सम्मान प्रदान गरे ।

छानिएका उत्कृष्ट १० गीतमध्येबाट विशेष समितिले आचार्यको गीतलाई सर्वोत्कृष्ट ठहर गरेको हो । उनले नगद ५७ हजार प्राप्त गरेका छन् । ‘थाहा छैन जिन्दगीमा’ बोलको आचार्यको गीतलाई अन्जु पन्तले स्वर दिएकी छन् भने राम सिटौलाले संगीत भरेका छन् ।

संस्थामा आबद्ध सदस्यहरुको रचनामा २०७६ मा सार्वजनिक भएका र संघमा दर्ता हुन आएका गीतमध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० गीतको छनोट गरिएको संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए ।

यस्तै, गीतकार प्रेम विनोद नन्दनलाई ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७६’ द्वारा सम्मान गरिएको छ । उनलाई नगद १ लाख ५१ हजारसहित सम्मान गरियो । तनहुँको बन्दीपुरमा जन्मेका ८५ वर्षीय नन्दनको २०११ सालमा ‘झटारो’ गीत संग्रह प्रकाशित भएको थियो ।

त्यसयता उनका गीत, गजल, कविता संग्रह र लघुकाव्य प्रकाशित छन् । डायस्पोरा गीतकार सम्मान भने बेल्जियमलाई कर्मथलो बनाइरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ ।गीतकार आचार्य एबीसी अनलाईनका भाषा , कला , साहित्य सम्पादक समेत हुन ।

Leave a Reply

Your email address will not be published.