समिक्षालाई ‘नेपाल स्टार’ बनाउन इलामका युवा जुर्मुराए

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन


टोलटोलमा समिक्षाको चर्चा : भोट माग्नेक्रम जारी

फिक्कल: नेपाल टेलीभिजनबाट हरेक शनिवार राती प्रसारण भैरहेको नेपाल स्टारको टप ८ मा पुग्न सफल इलामकी समिक्षा दाहाललाई बिजयी बनाउन इलामका युवाहरुले कम्बर कसेका छन् ।
समिक्षालाई भोट गरी नेपाल स्टारमा अगाडी बढाउदै जिताउँ अभियान अन्र्तगत सूर्योदय नगरपालिका सहित इलामका बिभिन्न क्षेत्रमा युवाहरुले भोट माग्न थालेका हुन् ।
स्वतस्र्फुत समिक्षा जिताउ अभियान थालेका सूर्योदयका युवाहरुले नगरका बिभिन्न क्षेत्रमा माईकीङ गर्दे आर्थिक सहयोग संकलन र भोट मागीरहेका छन । उनीहरुले सूर्योदय नगरपालिकाको फिक्क्ल सहित तीनघरे , आईतबारे , हर्कटे , कन्याम लागतका स्थानमा अभियान संचालन गरिरहेका छन ।
अभियानमा जुट्नु भएका गायक तथा संगीतकार भुगोल दाहालले समिक्षालाई जिताउन युवाहरुले स्वतस्र्फुत अभियान थालेको जानकारी दिनु भयो । उहाले भन्नु भर्यो कलाको सम्मान गर्दे प्रतिष्पर्धामा भोटकै खाचो भएकाले अभियान थालेका हौ ।’


अभियानमा सक्रिय रुपमा लागिरहनु भएका फिक्कलका युवा युवराज प्रधानले समिक्षालाई नेपाल स्टार बनाउन सके समग्र जिल्ला र नगरको प्रतिष्ठा बढने बताउनु भयो । उहाले युवाहरु अभियानमा जुट्ने क्रम संगै समिक्षाको जित्ने संभावना बढदै गएको बताउनु भयो । उहाले भन्नु भर्यो सूर्योदय नगरपालिका क्षेत्र नै संगीतको हब हो, बुझेर सबैले सहयोग गर्नुहुन्छ भन्नेमा ढुक्क छौ ।’
समिक्षालाई भोट गरी नेपाल स्टारमा अगाडी बढाउदै जिताउँ अभियानमा युवाहरु अभिषेक पौडेल ,शरण फागो, मिलन फागो, उदयहाङ्ग फागो,हिमाल राई,प्रकाश फागो,ज्वाला हाङ्ग फागो लगायतका दर्जनौ युवा लागि परेका छन । उनीहरुले बुधबार फिक्कल बजारमा अभियान संचालन गरेका छन । बिहिबार फिक्कल बजारमै अभियान संचालन गरिने जनाईएको छ ।
समिक्षा अहिले नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको नेपाल स्टारको टप ८ मा छिन्। बिहिबार राती १२ बजे सम्म मात्र भोट गर्न सकिने भएकाले युवाहरुले अभियानलाई तिब्रता दिएका छन् । सनिबार राती ८ः ५० बजे टप ८ बाट टप ७ को लागि एक जना प्रतिष्पर्धी बाहिरीने छन् ।
समिक्षा टप ७ मा परेपछि युवाहरुले इलाम बजार , मंगलबारे , नेपालबाट , नयाँबजार लगायतका स्थानमा अभियान संचालन गर्ने जनाएका छन् ।
उनीहरुले भोटको लागी आर्थिक सहयोग गरिदिन सम्पूर्ण जिल्लाबासीमा अपिल समेत गरेका छन् ।
सूर्योदय ९ घर भएकी गायिक समिक्षाका (कभर सहित) एक दर्जन बढी गीत बजारमा आई सकेका छन । उनले सबैलाई भोट गरेर आफुलाई नेपाल स्टार बनाउन सहयोग गरिदिन आग्रह गरेकी छन् ।
जिल्लामा प्याब्सन लगायतका अन्य संघ संस्थाले पनि समिक्षलाई नेपाल स्टार बनाउन अभियान संचालन गरिरहेका छन् । सूर्योदय नगरपालिकाकै पंचकन्या , फिक्कल माबिमा अध्ययन गरेर सांगीतिक भबिश्य खोज्दै राजधानी छिरेकी थिईन ।
भोट गर्नलाई आफ्नो मोबाईलको म्यासेज बक्स्मा गएर NS 12टाईप गरेर 33001 मा पठाउन सक्नु हुनेछ । साथै नेपाल टेलिभिजनको एप डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published.