ओ हाङ्ग !

  • 332
    Shares
ओ हाङ्ग !

कविता राई गाउँले:

प्रतीक्षाको घडी टक्क अडियो

मेरो बन्द आँखा खुल्यो

मलाई आभास भो
कोहि आइपुग्यो नयाँ घाम बोकेर
सुम्निमाको देशमा ।

ओ हाङ्ग !
तिम्रो काधँको धनुर्वाण आउनेसाथ नबिसाऊ
तिमीलाई म निर्निमेष हेरिरहन चहान्छु आज।।।

कर्याङ्गकुरुङ्गको जस्तो धैर्यता साचेर
नौ डाडाँ पारिबाट
आकाशलाई चुनौती दिदै
एक आकाश जिन्दगी बोकेर
तिमी आईपुग्नु नै मेरो प्रतीक्षा साकार हुनु हो हाङ्ग १

हाङ्ग !
तिमीले समयलाई सोध्नै पर्दैन
मैले फलाकेको मुन्दुम,
मैले पुकारेको सिमेभुमे ,
भिरपहरा, देवीदेउराली , अरुण (बरुण
खेम्पालुङ्ग, फक्तालुङ्ग, चोमोलुङ्ग ।।,
मैले दिनरात पुजेको सुप्तुलुङ्ग ,
मैले भाकेको नौसिंगे रातो भाले
सबै सबै साक्षी छन् तिम्रो उपस्थितिको कामनाको लागि
नत्र यहाँ तिम्रो नामको कोधो कसरी फुलेर पाक्यो आजरु

हेर
तिम्रो आगमनले
कुहिरो फाट्यो , आकाश हास्यो
धर्ती फुल्यो
आउ हाङ्ग
यो प्राकृतिक रोमान्चकताका साथ
आज हामी
एक अंगालो प्रेमको सेउली हल्लाउँदै
नाचौं शिली
यो पृथ्वी हल्लिनेगरी।।। ।