इलामेलीलाई नचाए गायक नविन के भट्टराईले

इलामेलीलाई नचाए गायक नविन के भट्टराईले

नमीन ढकाल: २०२१ को भ्यालेन्टाइन साँझ । चर्चित गायक नविन के भट्टराई फिक्कल आउने तय भएपछि सबैलाई उनकै प्रतिक्षा थियो । साँझको ५ बजेबाटै होटल पानारोमामा संगित पारखी भ्यालेन्टाइन जोडी–जोडी भेला भएका थिए ।
एक्लै हुनेहरु जोडी भेटिन्छ की कोहि भनेर पनि आएका थिए । अब सवैलाई प्रतिक्षा थियो नविन के र अतृप्त ब्यान्ड । होटलको प्राङगणमा तयार पारिएको स्टेजमा स्थानीय ब्यान्डका कलाकारहरुले प्रस्तुत दिइरहेका थिए तर कसैको पनि चासो उनीहरु थिएन् थियो केवल थियो नविन के र अतृप्त ब्यान्डको । ८ बजेर केहि मिनेट गएपछि उनी एक्कासी स्टेजमा उक्लिए ।
गडगडाहट तालीले उनको करिब ३ बर्षपछि फिक्कलमा स्वागत भयो । २०७५ को नयाँ बर्षको पुर्वसन्ध्यामा पछिल्लो पटक उनी फिक्कल आएका थिए । खुल्ला मैदानमा चिसोको प्रवाह नगरी जोडीहरु भ्यालेन्टाइन नाइट मनाउन आएका थिए । ‘तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई’ उनको यो पहिलो प्रस्तुतीले सबैलाई नाच्नका लागि उठ्न बाध्य बनायो । बीच बीचमा भन्दै थिए ‘आर यु रेडी फर इन्जोय’ । सबै एक धुनले आफु बसेको टेबलबाट उठेर नविन के लाई साथ दिइरहेका थिए । इलामबासीको अपार माया पछि चिसो मौसमलाई वास्ता नगरी उनले आफुले लगाएका ज्याकेट खोलेर टिसर्टमै प्रस्तुत दिन थाले ।
‘गाढा माया विस्तारै विस्तारै फिक्का हुँदै जान्छ’ यति भनिसकेपछि उनले अर्को प्रस्तुती ‘फिक्का फिक्का छ तिमी बिना यो मेरो जिन्दगी’ । ‘डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो की’ भन्दै एक पटक प्रेमिल जोडिलाई झस्काए । ज्याकेट खोलेर प्रस्तुती दिएका उनलाई फिक्कलको सिरेटोले छोएपछि जाडो पुन लगाए । त्यसपछि उनको पुरानो एल्बम आभाषमा समेटिएको ‘रात वित्यो हेर तिम्लाई सम्झेर दिन ढल्यो हेर तिम्लाई कल्पेर बोलको गितमा झुमाए’ ।
उनले भन्न छाडेनन् ‘इन्ज्यो गर्नुभएको छ आर यु स्योर’ । दशर्क दिर्घ पनि उनलाई सर्पोट गरिरहे । पानारोमाको प्राङगणमा राखिएको टेबल भरिभराउ देखिन्थ्यो प्रेमिल जोडीले । ‘आँखामा तिमीलाई पाउँछु म धेरै धेरै’ भन्दै प्रेमिल जोडिहरुलाई रंगिन दुनियामा डुबाए । ‘चाहना एउटै मेरो प्राथना एउटै मेरो तिम्रो मुस्कान पछयाइ दिइ तारा बन्न सकौ’ प्रेमको रंगमा डुबेका जोडीहरुलाई चिसोको आभाष समेत हुन नदिइ प्रस्तुती दिइरहे ।
‘याद साची कल्पी बस्छु छायाँसग झस्की रन्छु आज फेरी रुन्छु म किन किन’ बोलको गित गाउँदै प्रेममा असफल भएकाहरुलाई विगत याद दिलाए । ‘सायद तिमी नै हौ मेरो दिलको धडकन सायद तिमी नै हौ मेरो भविष्य र वर्तमान दुनियाको आँखा लाग्ला तिम्रो रुपमा ’ गाउँदै प्रेमिल जोडीहरुलाई झुमाए । केही नयाँ र पुरानो गीत सुनाएका उनले ‘साँझ पख एकान्तमा आफैमा बिर्सिदा मग्न हुन्छ म तिम्रो गित सुनेर’ भन्दै आफ्नो प्रस्तुतीलाई अन्त्य गरे । करिब १ घन्टा १५ मिनेटमा उनले आफ्ना एक दर्जन गितबाट इलामबासीको मन जिते । प्रेम दिवसको अवसरमा भएको सांगितिक कार्यक्रममा फिक्कल आसपासका मात्र नभई सदरमुका र झापा क्षेत्रका प्रेमिल जोडीहरु नविन के को संगितमा झुम्न भेला भएका थिए ।