रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

  • 150
    Shares
रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

फिक्क्ल: गायक रगुन गुरुङको तिम्रो मुस्कान भित्र गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सुनसरीको रामधुनी , सिमसार , तालतलैया लगायतका पर्यटकीय स्थामा सुटिङ भएको गीतको म्यूजिक भिडियो जीएम नेपाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमला राईको शब्द रचना , रुबिन जोयूको सङ्गीत एरेन्ज तथा गायक रगुन गुरुङको स्वरमा नयाँ भिडियो बजारमा आएको हो ।गीतमा वसन्त राई , उर्मीला लोप्चनले अभिनय गरेका छन । दिनेश राईको छायाङकन रहेको उक्त म्यूजिक भिडियोको निर्देशन वसन्त राईले गरेका छन ।

गायक गुरुङले स्थानीय परिबेसमा तयार पारिएको गीत दर्शकले मनपराउने जानकारी दिनु भयो ।
इलामको सूर्योदय नगरपालिकामा स्थाई बसोबास भएका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आई सकेका छन् ।

भिडियो: