गायक पुजन प्रधान सम्मानित

  • 53
    Shares
गायक पुजन प्रधान सम्मानित

फिक्कल: लामो समयदेखी सङ्गीत क्षेत्रमा सक्रिय सङ्गीत सर्जक पुजन प्रधान धनकुटामा ओम इन्द्र मोहन स्मृति गुठीबाट सम्मानित हुनुभएको छ ।
गुठीले प्रत्येक दुई दुई वर्षमा पत्रकारिता साहित्य र सङ्गीत गरी ३ बिधामा पुरस्कार सहित सम्मान गर्दै आइरहेको छ ।

यस वर्ष गुठीले डा बिमला श्रेष्ठ साहित्य पुरस्कार कवि भुवन ढुंगानालाई त्यसै गरि ओम इन्द्रमोहन स्मृती पत्रकारिता पुरस्कार जय देव भट्टराईलाई र इलामका संगीत सर्जक पुजन प्रधानलाई प्रदान गरेको छ । ३ दशक भन्दा बढी सङ्गीत सेवा गरेका प्रधानलाई ओम इन्द्रमोहन स्मृती गीत सङ्गीत पुरस्कार प्रदान गरेको छ । प्रधान फिक्कलमा बसेर ब्यवसाय संगै संगीत सिर्जनामा लागि रहनु भएको छ ।