संगीतमा सन्तोषको पुर्नआगमन

  • 48
    Shares
संगीतमा सन्तोषको पुर्नआगमन


गोपाल गिरी,कन्याम:
‘इन्द्र कमलको फूलमा दाग लाग्ला हैै ,तिमी सँग जिन्दगीमा ज्यून मात्रै पाए मलाई ’ झन्डै २० वर्ष अगाडि कन्यामका प्राय घरहरुमा गुन्जने एउटा कर्णप्रिय स्वर जो फुल्न र फक्रन नपाउदै कोपिला मै हुरीले उडाए झै गरि एकाएक अलप भयो । स्कुल तथा विभिन्न संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा गीत गाउदा गाउदै बिद्यालयका शिक्षक ,शुभेच्छुक साथी भाईको प्रेरणाले २०५६ सालमा श्रोता माझ अनुराग एल्बम पस्केर सबै को मनमा छाएका उनै गायक सन्तोष शिवा फेरि संगीतमा फर्किएका छन् ।
इलामले जन्माएका धेरै संगित कर्मीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाई गीत संगीतको यात्रामा निरन्तर लागिरहेका छन् ।२०५० देखि २०६२ सम्मको एउटा कालखण्डलाई नेपाली आधुनिक गीत संगीतको स्वर्णिम काल मानिएको परिपेक्षमा सन्तोषले पनि संगीत यात्राको क्रममा कन्दरामा संगीतको मार्ग फराकिलो पार्न सक्ने थिए ।
मानिसको जीवनमा आई पर्ने विवस्ता र वाध्यताहरुले जेले पछि कस्को के लाग्छ र? रेडियो नेपालमा स्वर परीक्षा उत्रीर्ण गरेका कलाकार भए पनि आई परेको जिम्मेवारीले उनको सांगीतिक पाटो ओझेलिन पुग्यो
फलस्वरूप सबैको मानष पटलबाट उनी हराउदै गए । व्यपार व्यवसायको शिलशिलामा कन्याम नै छोड्नु परे पछि कहाँ होलान् सन्तोष कसैले अत्तोपत्तो पाएनन् । भन्न त गीतमै भनेका थिए“न तिमी लाई पाउन सक्छु न तिमी लाई भूल्न सक्छु न चिठी लेख्न सक्छुु।“

गीतमा आफ्नो प्रेमिका लाई भूल्न नसकेका उनलाई पनि संगीत प्रेमी हरुले पनि भूलिहालेका थिएन किनकि स्थानीय स्तरमा खुलेको एफ एम रेडियोहरुले फाट्टफुट्ट उनको गीत बजाउने गरेकै थियोे ।
चुडामणि पौडेलको शब्द रचना तथा आफ्नै स्वर संगीतमा हुरहुरेको चिसो हावाले बोलको गीत रेकर्ड गराई सांगीतिक जीवनमा फर्केका उनलाई एकपछि अर्को गीत रेकर्ड गराउन भ्याई न भ्याई छ। पेशाले अटो रिक्सा चालक रहेका उनले गीतकार चुडामणि पौडेलको शब्द रचना तथा बरिस्ठ संगीतकार टीका भण्डारीको संगीतमा “ए कान्छी देउ न नि माया, भिक्षामा घुमाउन लैजान्छु अटो रिक्सामा “बोलको गीतको म्युजिक भिडियो समेत बजारमा आईसकेको छ ।उक्त म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी तथा बन्दना आचार्यको अभिनय देख्न सकिन्छ ।