गायक रगुन गुरुङको ‘आफनोपन’ जापानको टोकीयोमा छायाङ्कन

प्रदेश नं. १ प्रदेश संस्करण मनोरञन

प्रकाश न्यौपाने ,फिक्कल: इलामका गायक रगुन गुरुङको ‘आफनोपन’ जापानको टोकीयोमा छायाङ्कन गरिएको छ । च्र्चित गीतकार बिपिन किरणको शब्द र नारायण सुवेदीको संगीतमा गायक गुरुङ र चर्चीत गायिक मेलीना राईको स्वर रहेको गीतको सम्पूर्ण छायाङ्कन जापानको टोकीयोमा गरिएको हो ।
गायक गुरुङको दोस्रो गीति एल्वम् आफनो पनको टाईटल गीत झुकाई आँखा प्रीतिको भाका बोलको गीतमा नबिनराज ‘शिवभक्ती’ र सविता अधिकारीले अभिनय गरेका छन् ।
नबिनराज ‘शिवभक्ती’को निर्देशनमा छायाङ्कन गरिएको गीतको भिडियो चाडै बजारमा आउने गायक गुरुङले जानकारी दिनु भयो । सूर्योदय नगरपालिकाको बरबोटे स्थाई बसोबास रहेका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आई सकेका छन् ।
गायक गुरुङ शिक्षा क्षेत्रमा समेत सम्लग्न रहि स्थानीय स्तरबाट गीत संगीतमा निरन्तर संक्रिय रहदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.