तिम्रो माया भने पटकै लाग्दैन मलाई !

  • 28
    Shares
तिम्रो माया भने पटकै लाग्दैन मलाई !

सबिना चाम्लिङ्ग

मेरो नजरले तिमीलाई खोजि बस्छ
तिमी कतै गएको कुराले भय लाग्छ
तिम्रो खबर जान्ने चाहनाले सताउछ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

फेसबुक व्ट्सपमा तिम्रो उपस्थिति चिहाउछु
मेसेज सीन गरेर जवाफ नपाउदा रिसाउछु
फुर्सतमा तिम्रो वाल खोदाली, खोदाली हेर्ने गर्छु
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

राम्री राम्री युवतीहरुको पोस्टमा कमेन्ट तिम्रो देख्छु
किन हो किन मनमा त्यसैले डाह जगाउछु
म सुन्दरी नभएर होला भन्ने सोच्छु अनि भित्तको
ऐना पटक पटक हेर्ने गर्छु
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

दिनमा तिम्रो दर्शनको अभिलाषाले सतउछ
फोन हेरीबस्छु कतै तिम्रो नामको रिङ्गले झस्कउछ
रातमा तिमी मेरो सपनीमा आउछौ की भनि
लोभाउने गर्छ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

तिम्रो छेउमा बसेर खुब गफ गर्नु रहर लगेको छ
तिम्रो हाँत समाई उकाली, ओराली हिड्नु मन छ
तिम्रो काँधमा शिर राखेर मिठो कल्पनामा रमाउनु छ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

कति भावना तिम्रो सामु पोख्नु छ
तिमीले मलाई चिन्छौ भनि सोध्नु छ
त्यो म प्रति गर्ने रुखो व्यहार चिर्थोरी मिल्काउनु छ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,

एकदिन ओन लाइन नदेख्दा तिम्रो स्वस्थाको चिन्ता लाग्छ
तिम्रो त्यो मुहारको मिठो मुस्कानको मलाई तृष्णा लाग्छ
तिम्रो त्यो मोहित पार्ने मृदुभाषाले सधै मलाई तृप्त पर्छ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,,,

तिम्रो बारेमा सन्चो बिसन्चो बिचार्नु मन लाग्छ
तिमी सधैं खुशी रहोस भन्ने चाहना जागेको हुन्छ
तिम्रो सम्झनाले मलाई हरपल सताई नै रहेको हुन्छ
तर तिम्रो माया भने पटकै लाग्दैन मलाई,
हो तिम्रो माया भने पटकै लाग्दैन,,,,