सोल्टी ज्यू ! (कबिता)-कबिता राई गाउँले

  • 133
    Shares
सोल्टी ज्यू !  (कबिता)-कबिता राई गाउँले

कबिता राई गाउँले

समयसँग लुकामारी खेल्दै
भोगाइहरूसँग हाँसखेला गर्दै
परिस्थितिसंग सम्झौता गदै
भाग्यसँग हात मिलाउँदै
रहर र इच्छाहरूसँग जिस्किदैरइतृदै
जिन्दगीको उकाली-ओरालीसंग सामना गर्दै
आफ्नै गतिलाई गति दिएर
सलल।।।
पानी जस्तो बगिरहेको बेला
अचानक
कस्तरी भन्दिनुभो हौ मलाई
निष्ठूरी सोल्टिनी।।

सोल्टी ज्यु !
निष्ठूरी त समय हो
जसले हाम्रो अगाडि पुर्न नसक्ने खाडल बनाएर गयो
यद्यपि ,
बाग्दै बग्दै धेरै टाढा पुगिसकेर
फर्किन खोज्दा
फर्किन नसक्ने पानी जस्तो
यो सोल्टीनीको मन कहाँ हो र ?
पृथ्वीले जस्तो निश्चित समयलाई एक चक्कर लगाएर
फेरि त्यही बाटो हुँदै
फर्किन नसक्ने यो सोल्टिनीको मन कहाँ होररु

सोल्टी ज्यु !
मन त हावा हो
जसको कुनै बाटो हुदैन
समय हुदैन
न दिनरात नै हुन्छ
हो सोल्टी ज्यु !
जिन्दगीको यो कुईनेटोमा आईपुगेर
एकपल्ट फर्किएँ हजुर !
हजुरको सम्झनातिर।।।

मलाई सम्झना छ त्यो दिनको
जुन दिन हामी अप्ठ्यारो परिस्थितिमा भेट भएका थियौं

भरभर्ती बलेको आगो जस्तो
सोल्टी ज्युको झरिलो मुहारको रापले
गुँरास बनाएर गाला
अर्को दिशातिर टाउको घुमाउँदा
लाजको घुम्टी उघार्दै सोल्टीनी ज्यु !भनेर
पहिला सम्बोधन गर्ने हजुर होइन ?

आखाँहरूको घेराबन्दीमा
आखाँहरूलाई छल्दै
आँखा चार बनाएको क्षण
मनभित्र हलचल पैदा भएर
अकस्मात भुईँचालो जाँदा
बेप्रबाह मेरो हात च्याप्प समाउने हजुर होइनरु

न संयोग
न जोजन
आफ्नै मर्जीमा मडारिएर बादल
आकाश थर्काउँदै पड्किने चट्याङ्ग जस्तो
पड्कियो समय अनायसै
हराउनुभो सोल्टीज्यु कुनै मेलामा पिलिक्क देखिएर
पिलिक्क हराए झैं

त्यो भन्दा पर न बात बढ्यो
न मन बढ्यो
टुङ्गियो एक प्रेमिल क्षण एक कदम अघि नबढ्दै।।
सक्कियो एउटा प्रेम कथा शुरू नहुदै।।
भनेर यदि मैले भन्दिएँ भने पो
म निस्ठुरी हुन सक्छु त सोल्टीज्यु !
सोल्टीज्यु ,
आज पनि मैले त सम्झिरहेकै छु है
बेहद ।।बेहद।।।