इलाममा प्रदेश १ स्तरिय भर्चुअल कभर गीत प्रतियोगिता हुँदै

घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन

इलाम : रिभ्रेसन नेपालको आयोजनामा इलाममा प्रदेश १ स्तरिय भर्चुअल कभर गीत प्रतियोगता हुने भएको छ । आगामी साउन २५ गतेबाट भाद्र ५ गतेसम्म प्रतियोगिता आयोजना हुने लागेको हो । प्रतियोगितामा सहभागी हुन चाहनले कम्तीमा २ मिनेटको कभर गीत तयार पार्नुपर्नेछ ।

त्यसैगरी भिडियो लेन्डस्केपमा खिचेको हुनुपर्ने, एंगल मिलाएर छायांकन गर्नुपर्ने र ट्रयाकमा रहेको कभर गीतलाई मान्यता दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायक गायक तथा संगीतकार उदेश श्रेष्ठ, जोनी तामाङ योन्जन र ड्रमर तथा कम्पोजर दिपेश श्रेष्ठ रहेका छन् । विजेताले निःशुल्क कर्भर गीतको भिडियोका साथै आर्कषक पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक फुडी नेपाल रहेको छ । सिखर प्रोडक्सन हाउसको पोष्ट प्रोडक्सन रहेको प्रतियोगिताको प्रायोजक न्यु इलाम चस्मा घर रहेको छ । लोकल सन्देश अनलाइन, नेपाल फोटो पत्रकार महासंघ इलाम, इलाम ग्रीन र एबीसी नेपाली मिडिया पार्टनरको रुपमा रहेका छन् । स्वरलय म्युजिक स्टोर, पाथिभरा कस्मेटिक र इलाम टी हाउसले प्रतियोगितालाई सहयोग पु¥याएका छन् ।

Leave a Reply

Your email address will not be published.