गायक यम बराल सम्मानीत

  • 206
    Shares
गायक यम बराल सम्मानीत

फिक्कल: इलामको सूर्योदय नगर पालिकाले बरिष्ठ गायक यम बराललाई सम्मान गरेको छ ।सूर्योदय नगरपालिकाको २०७८/७९ को बजेट निती तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा फिक्कलमा आयोजित कार्यक्रममा गायक बराललाई बिहिबार सम्मान गरिएको हो . गायक बराल फिक्कलमा जन्मीएर सोही ठाउँबाट बाल्यकालको शिक्षा आर्जन गरी राजधानी छिरेका थिए । गायक बरालले सम्मान ग्रहण पछी जन्म भूमीमा पाएको सम्मानले आफुलाई बाल्यकालको याद दिलाएको बताए । गायक बरालले आफुले बाल्यकालमा उक्त क्षेत्रमा प्रस्तुती गरेको सम्झदै नगरले गरेको सम्मानले आफलाई थप उर्जा मिलेको बताए । कार्यक्रममा गायक बरालले बादलुको घुम्टोले इलाम बजार छोपीदा, निष्ठुरीले छोडेर गईहाली बोलका गीत प्स्तु गरेका थिए ।राष्ट्रिय स्तरमा ख्याती कामउन सफल गायक बरालले राष्ट्रिय , आधुनिक र चलचित्रमा गरी १ हजार बढी गीतमा स्वर दिई सकेका छन् ।