‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७’ बिश्वबल्लभलाई, गीतकार जे. बी. सम्योगीले थपे अर्को पुरस्कार

आर्टीष्ट प्रोफाइल घुमफीर जीवन शैली प्रमोसन मनोरञन

काठमाण्डौं:गीतकार संघ नेपालले यस बर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७‘ विशिष्ट गीतकार विश्व वल्लभलाई प्रदान गर्ने भएको छ ।गीतीलेखनमा अमुल्य योगदान गर्ने बिशिस्ट गीतकारहरु मध्येबाट यस वर्ष नवौ ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७ ‘ विशिष्ट गीतकार विश्व वल्लभलाई नगद रु १,५१,०००/-(एकलाख एकाउन्न हजार ), ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने कुरा आयोजक गीतकार संघ नेपालले भदौ २५ गते शुक्रबार जारी गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

यसैगरी,संघद्वारा जारि बिज्ञप्तिमा ‘डायस्पोरा गीतकार सम्मान -२०७७ ‘अमेरिका बसोबास गरि नेपालि गीति क्षेत्रमा कलम चलाउने हरि उप्रेतीलाई नगद रु १५,०००/- (पन्ध्र हजार)को साथमा प्रमाण पत्र प्रदान गरिनेछ भने ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान -२०७७’ गुरुङ भाषाका गीतकार कृष्ण बहादुर गुरुङ (लमजुङ्ग)लाई नगद २५,२५०/- (पच्चीस हजार दुइ सय पचास) को साथमा प्रमाण पत्र सहित प्रदान गरिनेछ। ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान -२०७७’ यसैबर्ष लोकप्रिय गीतकार तथा गीतकार संघ नेपालका कोषाध्यक्ष जे. बी. `संयोगी´ घलेले आफ्ना मातापिताको नाममा स्थापना गरेका हुन ।

यो पुरस्कार अन्तर्गत हरेक बर्ष कुनै एक मातृभाषाका गीतकारलाई प्रदान गरीने र यो पटकको लागी गुरुङ्ग भाषालाई छानेको र अर्को बर्ष अर्को भाषा छनौट गरी पुरस्कृत गरीने गीतकार संयोगीले बताउनुभयो । त्यस्तै ‘वर्ष गीत पुरस्कार-२०७७‘अन्तर्गत १० गीतहरुमा रमेश दहालको- आफै हिड्ने भिरको बाटो, सुरेश वाग्लेको-सोच्दैछु, राजु थापाको-चुडि जाने, ध्रुब अम्गाईको- तिमिलाई, एच. के. धितालको-यहि देशमा, बी.बी.थापाको बाचुन्जेल हासो, रबिन्द्र आशिष शैलीको-तस्बिर, रमेश अधिकारीको-गन्जी मैलो, प्रबल बिस्टको- यो कस्तो कहर र अगम बिकरालको एकान्तमा रहेका छन ।

‘वर्ष गीतपुस्तक-२०७७‘ अन्तर्गत ३ वटा पुस्तकहरु छनोट भएका छन जसमा गणेश श्रेस्ठ `अपेक्षा´को `मनको आकाश´, धन ब. थापामगरको `फुलको मुस्कान´ र जे. बी. थुलुङ्गको- `नथाक्ने मान्छे´ रहेका छन । यसको बिजेता कार्यक्रमकै दिन घोषणा हुने र प्रत्येक बिजेतालाई नगद ५७,०००/- (सन्ताउन्न हजार) को साथमा प्रमाण पत्र प्रदान गरिने छ । कार्यक्रम आयोजना यहि असोज महिना भित्रै हुनेकुरा संघद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ।

Leave a Reply

Your email address will not be published.