इलामको पर्यटकीय स्थल कन्याममा ओलम्पियन बैकुण्ठ मानन्धर संगै म्याराथन

इलामको पर्यटकीय स्थल कन्याममा ओलम्पियन बैकुण्ठ मानन्धर संगै म्याराथन

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा सातौ संविधान दिवसको अवसरमा छोटो दुरीको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा चर्चित पर्यटकीय स्थल कन्यामबाट फिक्कल बजार सम्म ५ किलोमिटर दौड सम्पन्न भएको हो ।
कन्यामबाट अन्तराष्ट्रिय स्तरका धावक देखि जनप्रतिनिधि, कर्मचारी , प्रहरी पत्रकार , बिद्यार्थी र सर्वसाधारण एउटै दौडमा सहभागी भएका थिए । एकै पटक दुई सय बढीको दौड मेची राजमार्गमा भएको थियो । मानन्धर संगै म्याराथनमा अन्तराष्ट्रिय रनर तथा गीतकार बुद्धबीर लामा, रनर पुष्पलाल श्रेष्ठ, लाक्पा लामा, सूर्योदय नगरपालिकाका प्रमुख तथा रनर रणबहादुर राई स्थानीय संगै दौडिएका थिए ।
प्रतियोगितामा खुल्ला तर्फ रुपेश राई प्रथम ,विवेक राई दोस्रो , दिवस राई तेस्रो र गणेश मगरले सान्तवना पुरस्कार पाएका छन्। महिला तर्फ मनिका घले पहिलो , भावना थुलुङ दोस्रो, काजुना राई तेस्रो र चाँदनी राई सान्तवना भईन् ।
४० बर्षमाथिको उपाधि सन्जिव कार्कीले जिते ।विजेताहरुलाई ओलम्पियन मानन्धर, गीतकार बुद्धविर लामा र नगर प्रमुख रणबहादुर राईले नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए। पुरस्कार वितरण समारोहमा बोल्दै मानन्धरले राष्ट्रका लागि र स्वास्थका लागि खेलकुदले नागरिकलाई अनुशासनमा राख्ने भएकाले सरकारले खेलाडीको निम्ति ध्यान दिनुपर्ने बताए ।
गायक बुद्धबिर लामाले आफना्े बाल्यकालको स्मरण गराउदै बौद्धधामबाट करफोक पढन धाउदा धाउदै आफु रनर भएको बताउनु भयो । समापन तथा पुरस्कार बितरणमा नगर प्रमुख राईले नेपालीको रगत पसिनाले निर्माण भएको संविधान बचाउनु सबै नागरिकको कर्तब्य भएको बताउनु भयो ।
सूर्योदय नगरपालिकाले प्रत्येक बर्ष संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म छोटो दौढ प्रतियोगिता आयोजना गर्दै आएको छ ।