गायक कृष्ण भट्टराईलाई ‘वेस्ट मोर्डन मेल सिंगर’ अवार्ड

फिक्कल: युवा गायक कृष्ण भट्टराईलाई ‘वेस्ट मोर्डन मेल सिंगर’ अवार्ड प्रदान गरिएको छ । गायक भट्टराईलाई ‘केवलकारैमा’ बोलको गीतबाट उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । । काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा बितरण कार्यक्रममा उहालाई अवार्ड प्रदान गरिएको छ । गायक भटराईको स्वरमा रहेको उक्त गीतमा मदन प्रधानको शब्द, विश्व अधिकारीको संगीत रहेको छ
क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा भएको उक्त अवार्डमा फिल्म, म्युजिक र फेशनका विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष एवं प्रथम चलचित्र महिला निर्देशक शुचित्रा श्रेष्ठले अवार्ड वितरण गरेका थिए ।कर्यक्रममा चलचित्र तर्फको अवार्ड चलचित्र निर्माता सोभित बस्नेतलाई प्दान गरिएको छ ।
इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा जन्मिएका भट्टराईले अहिले सम्म डेढ दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेका छन । आरआर कलेजबाट संगीत कक्षा सुरु गरेका भट्टराई अहिले अनुराग संगीत विद्यालयमा संगीत सिक्दै छन । इलामबाट काठमाडौ संगीतकै सिलसिलामा हिडेका कृष्णले पहिलो पटक २०६५ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन ।
२०६७–६८ मा जनचेतना मुलक समुहगत राष्ट्रिय लोक गीत प्रतियोगितामा रेडियो नेपालमा कृष्णको टिम प्रथम समेत भएको थियो । दिपशिखा एल्बममा रहेको दिवाकर भट्टराईको शब्द तथा संगीत रहेको ‘हे माया सम्झेर नरुनु तिमिले’ बाट कला संगीतको क्षेत्रमा लागेका भट्टराई आफ्नो पहिलो गीतबाट कहिल्यै पछाडि फर्कनु परेन । ‘लजाउदै’, ‘कुल कुल’ लगायतका गीतमा स्वर दिएका भट्टराईको ‘केवलकारैमा’ सबै भन्दा चर्चित गीत हो ।२०७५ मा म्युजिक खबर अवार्डबाट नवोदित आधुनिक गायक, इनकोरेजमेन्ट अवार्ड २०७५ हात पारिसकेका भट्टराईको अब चाडै सहर नामक एल्बम बजारमा आउन लागेको छ ।

Leave a comment

Your email address will not be published.