रगुन र समिक्षाको ‘सम्झनाको तरेलीमा’ गीतले चर्चा कमाउदै (भिडियो सहित)

प्रदेश नं. १ मनोरञन

फिक्कलःइलाका गायक रगुन गुरुङ र गायिका समिक्षा दाहालको स्वरमा रहेको सम्झनाको तरेलीमा बोलको गीत सार्वजनिक भएको छ । गुरुङले आफ्नो युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् । रिना वान्तवा राईको रचना रहेको गीतमा शिशिर काफ्लेले संगीत भरेका छन् । उक्त गित यतिबेला चर्चामा छ । विभिन्न संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रचारप्रसार गरेसंगै गित लोकपृय बन्दै गएको हो । गीतमा प्रेम, मिलन र वियोगको कथा समेटिएको छ । प्रेमिल जोडी देखि,धोका पाएकाको वियोगान्त प्रेम कथालाइ समयसान्दर्भिक रुपमा प्रस्तुत गरिएको यस भिडियो दर्शक सामु छोटो समयमा नै पृय बन्न सफल भएको छ ।

सूर्योदय नगरपालिका–९ बरबोटे निवासी गायक गुरुङ पेशाले शिक्षक हुन् । प्याब्सन इलामको वरिष्ठ उपाध्यक्ष समेत रहेका रगुनको एकल एल्बम प्रियता , आफ्नोपन सार्वजनिक भैसकेका छन । साथै ३० भन्दा बढी आधुनिक गीत गजल समेत रेकर्ड भै सकेका छन । सोही वडाकी बासिन्दा दाहाल नेपाल स्टारको टप ७ सम्म पुगेकी थिइन् । उनी नेपाल आइडल सिजन २ थिएटर राउण्डसम्म पुगेकी थिइन् । समिक्षाले संगीतमा स्नातक गरिसकेकी छन् ।

भिडियो सहित

Leave a Reply

Your email address will not be published.