इलामको जौबारी लागयतका क्षेत्र हिउले सेताम्मे, हिउ खेल्दै पर्यटक(फोटो फिचर)

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ मनोरञन


फिक्कल: इलाम जिल्लाका उच्च पहाडी क्षेत्र हिउले सेताम्मे भएका छन । । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगातका स्थानमा बुधबार बिहानैबाट हिमपात भएपछि आज पनि हिउले सेताम्मे छन । आज पनि जौबारी लागयतका क्षेत्रमा हिउ पर्न थालेको छ । हिजो परेको हिउ पग्लन नपाउदै हिउ पर्न थालेको छ । जौबारी पुगेका संचारकर्मी देवि अधिकारीले जौबारी सन्दकपुर लगायतका क्षेत्रमा हिउ पर्न थालेको जानकारी दिनु भएको छ ।
३६३६ मिटर उचाईको पर्यटकीय स्थल सन्दकपुरमा बाक्लो हिमपात भए पछि हिउ खेल्ने पर्यटकको भिड लागेको छ । जौवारी जौबारी, मेघमा, तुम्लिङ लगायतका स्थानमा पनि हिउ खेल्न पर्यटक पुगेका छन् । जौबारीमा आज बिहानैबाट हिउ खेल्न पर्यटक पुगीरहेका छन । हिउ परेपछि लेकाली क्षेत्रमा चिसो भने ह्वात्तै बढेको छ । बिहान मौषम खुले पनि साझ पख मौषम धुमीएको छ । थप हिउ पर्न सक्ने स्थानीयले अनुमान गरेका छन ।

तस्विरः देवी अधिकारी/जौबारी

Leave a Reply

Your email address will not be published.