बसन्त बस्नेतको ‘महाभारा’ इलाममा विमोचन

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति प्रदेश नं. १ प्रमोसन मनोरञन

इलाम : पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेश लगायतको अधारमा पत्रकार एवम लेखक बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ वस्नेतको गृह जिल्ला इलाममा सार्वजनिक गरिएको छ । पूर्वी पहाडी क्षेत्रको महाभारा पहाड पेरिफेरीको कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सावर्जनिक गरेका हुन् । नेम्वाङले यस क्षेत्रको संस्कृति, परिवेश, राजनीति, समाज, धर्म लगायतका विषयलाई गम्भिरतापूर्वक उठाएको वताउदै धर्ममा राजनीति घुस्न नहुने वताए ।

साहित्यकार नवराज पराजुली, सीमा अभास, प्रकाश थाम्सुहाङ, रिदम क“डेल, प्रकाशक अजित बराललगायत उपस्थित कार्यक्रममा थाम्सुहाङले महाभाराले नेपाली साहित्यको आयममा थप इटा थपेको वताएका थिए । युद्धको समयमा हुर्केको प्रेम कथालाई कलात्मक प्रस्तुती दिएको वस्नेतको यो दोस्रो पुस्तक हो ।वस्नेतले २०७५ मा ‘७२ को बिस्मय’ प्रकाशन गरेका थिए । इलाममा जन्मिएर राजधानीमा व्यवसायिक पत्रकारिता गर्दै आएका वस्नेतले पुस्तकको महत्व प्रश्ट्याउदै भने, ‘माओवादी द्वन्द विद्रोही र समाज अनि राज्य र समाज बीचको पनि लडाई थियो । नेपाली भाषालाई लिम्बू लबजमा गरिएको मिठो प्रस्तुती पनि पुस्तकको अर्को प्रमुख आर्कषण रहेको धेरै पाठकको बुझाई थियो । कार्यक्रममा रिदम कडेलले वस्नेतद्वारा नै लिखित गीत सुनाए भने नवराज पराजुलीले ‘पर्खाइ’ शिर्षकको कविता सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published.