इलामको जोरकलस देखी झण्डीडाँडा सम्म राष्टिय झण्डा फहराइयो

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ मनोरञन रोचक

डाईमण्ड तिम्सिना, रोङ: इलामको प्रबेशद्वार जोरकलस देखी रोङ ६ को झण्डीडाँडासम्म राष्टिय झण्डा फर्फराईएको छ ।रोङको पर्यटकीय गन्तब्य जोरकलशबाट करसोङ्ग पदमार्गको गुगल प्वाईन्ट र रोङ ६ को झण्डीडाँडामा युवा शशक्तीकरण संजालले राष्टिय झण्डा राखेको हो ।
युवाहरुमा चौतर्फी चेतना बिकास,स्वरोजगार र नेतृत्वमा युवा र सामाजिक रुपान्तरणको अभियानमा जुटेका युवा संजालले गत नारी दिवसको दिन गरिएको निर्णयलाई कार्यान्वयन गर्दे जनप्रनिधिहरु सामाजिक ब्याक्तित्व प्रशासन र स्थानिय बासिहरुको उपस्तिथिमा राष्ट्रिय झण्डा राखेको युवा शसक्तिकरणले जनाएको छ ।राष्ट्रिय झण्डा राखेपछि उक्त स्थानको शोभा र गरिमा बढेको स्थानिय बासीहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published.