फिक्कल: नयाँ बर्ष २०७९ को अवसरमा इलामको फिक्कलमा आयोजित पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा बर्दियायाका बसन्त थारु प्रथक बन्नु भयो ।३० बर्ष देखि ५४ बर्ष सम्मका राईर्डसको सहभागीता रहेको प्रतियोगितामा ३२ मिनेट १० सेकेण्डमा ११ किलोमिटर दुरी पार गर्दै थारु प्रथक बन्नु भएको हो । बुधबार फिक्कल बजारबाट शुरु भएर केराबारी, आरुबोटे , बरबोटे हुँदै फिक्कल चोक सम्मको ११ किलोमिटर दुरीको प्रतियोगितामा सुनसरीका बहादुर थापा दोस्रो बन्नु भयो । उहाले ३७ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्नु भयो । ३८ मिनेट ५४ सेकेण्डमा उक्त दुरी पार गर्दै झापाका आकाश श्रेष्ठ तेस्रो बन्नु भयो ।
प्रतियोगितामा प्रथम हुनु भएका थारुले चियाबारीको न्यानो आतिथ्यततामा साइक्लिङ गर्न पाउदा नयाँ अनभव भएको बताउनु भयो । प्रथम , दोस्रो र तेस्रो हुँनेलाई क्रमशः२०, १५ र १० हजार रुपियाँ नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा , नोपली काग्रेस सूर्योदय नगर उपसभापती निर्मला कट्टेल अग्रवाल , इलाम एम.टीबि राइडर्सका सल्लाहकार युवराज बस्नेत लगायतको सहभागीता रहेको थियो । आयोजक इलाम एम.टीबि राइडर्सका अध्यक्ष शरण फागोले पर्यटन प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।