इलामकी युवन्तिकाले चुमिन सगरमाथाको चुचुरो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० की युवन्तिका तामाङले सगरमाथाको सफल आरोहण गर्नु भएको छ । तामाङले आज (शुक्रबार) बिहान ६ः५० मा सगरमाथा शिखरको चुचुरोमा पाईला टेकेर सफल आरोहण गर्नु भएको हो । उहाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनु भएको छ । उहा अहिले शिखरबाट आधार शिविरतर्फ फर्कने क्रममा हुनुहुन्छ । इलामको सूर्योदयमा सामान्य परिवारमा जन्मीएकी युवन्तिका कृषि पेशामा आवद्ध हुनुहुन्छ । उहाईलाई युवा संघ नेपालले सगरमाथा चढन सहयोग गरेको थियो । उहाले नेपालको राष्ट्रिय झण्डासंगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र युवा संघको झण्डा समेत चुचुरोमा फहराउनु भएको थियो । उहालाई इलामका केहि पालिकाले समेत सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published.