गायक कृष्ण भट्टराईको ‘केबल कारैमा’ सार्वजनिक

जीवन शैली मनोरञन समाचार समाज

कृष्ण भट्टराई र मीना निरौलाको आवाज रहेको ‘केबल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायक भट्टराईले यसअघि ‘कुल कुल’ बोलको गीत दर्शक–श्रोतामाँझ ल्याएका थिए ।

बुधबार युट्युबबाट सार्बजनिक यो गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’ मा समाबेश छ । उक्त एल्बममा चार गीत अटाएका छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एक गीत रहेको छ । अर्को एक गायकको स्वर रेकर्ड गर्न बाँकी रहेको छ ।

उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए ।

इन्डियाको रियालिटी शो ‘डान्स प्लस’ मा फस्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी बुगीकी बिजेता कविता नेपालीले अभिनय गरेको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छाया“कन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ ।

यो गीत टिकटक कम्पिटेसन पनि गरिने भएको छ । टिकटक कम्पिटेसनमा बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।कान्तिपुर साप्ताहिकबाट

भिडियो

Leave a Reply

Your email address will not be published.