बर्षा फेरिए पछि….

मनोरञन

केही समय अगाडि मिडियामाथि नै आक्रोश पोखेर चर्चामा आएकी नायिका बर्षा सिवाकोटीको पछिल्लो समयमा पहिरन फेरिएको छ । बर्षालाई अहिले सार्वजनिक कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने सोचले हैरान बनाउँछ । उनी, चलचित्रको कार्यक्रममा हट पहिरन लगाएर पुग्ने गरेकी छिन् ।

बिहिबार बेलुकी चलचित्र ‘कागजपत्र’ हेर्न पुगेकी बर्षाको पहिरनले सबैलाई लोभ्यायो । तर, बर्षाले लगाएको पहिरनमा मिडियामा भने खासै क्लिक हुन पाएन । अत्याधिक भीडका कारण बर्षा सुटुक्कै चलचित्र हेरेर बाहिरिएकी थिइन् । उनले चलचित्र राम्रो लागेको भन्दै छोटो प्रतिक्रिया दिइन् ।

Leave a Reply

Your email address will not be published.