नेपाली फिल्ममा डेब्यू गरेका चम्कीका १२ अभिनेत्री

मनोरञन

काठमाडौं : नेपाली रजतपटमा यो बर्ष एक दर्जनभन्दा बढि सुन्दरीहरुले डेब्यू गरे । २०७५ मा डेब्यू गरेका कतिपय नयाँ अभिनेत्रीहरुले सफलताको कदम चुम्न थालेका छन् भने कतिपय थाहा नै नपाई एक्कासी अभिनेत्री बनेका छन् । रेखा थापाको मालिकाबाट कमला ओली एकाएक अभिनेत्री बनिन् । उनले जीवनमा अभिनय गर्ने र अभिनेत्री बन्ने सपना बोकेकी थिइनन् । तर उनलाई परिस्थितिले एकाएक अभिनेत्री बनायो ।
२०७५ मा कमला मात्र अभिनेत्री बनेकी छैनन् । सुहाना थापा, उपसना ठकुरी, सिल्पा कास्के, आश्मा गिरी पनि अभिनेत्री बनिन् । सुहाना चलचित्र परिवारकै एक सदस्य हुन् । झरना थापाकी छोरी सुहाना फिल्म परिवारकै सदय हुन भने अन्य लामो समयदेखि मोडलिड क्षेत्रमा ब्यस्त थिइन । कतिपय अभिनेत्रीहरु नेपाल सुन्दरीबाट पनि डेब्यू गरेका छन् ।
शिल्पा मास्के
सिल्पा मास्केले नेपाली चलचित्रमा यो बर्ष डेब्यू गरेपनि हलिउडको डाक्टर स्ट्रेन्जरमा छोटो भूमिका निभाई सकेकी छिन् । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सिल्पा पहिलो बर्षमै स्टार अभिनेत्री बन्नै दौडमा छन् । डेब्यू गरेकै बर्ष उनले तीन फिल्ममा अभिनय गर्ने अबसर पाएकी छिन् । ‘द ब्रेकअप’ चलचित्रमा पाइला टेकेकी शिल्पाले दोस्रो ‘कागजपत्र’ मा अभिनय गरेकी छिन् । कागजपत्रको अभिनय सकेपछि उनी ‘सानो मन’मा सक्रिय बनेकी छिन् । पहिलो बर्षमै तीन फिल्ममा अभिनय गर्ने पाउने भाग्यमानी अभिनेत्री बनेकी छिन् शिल्पा ।

उपासना सिंह ठकुरी
दुई महिनाअघि १७ फागुनदेखि प्रदर्शनमा आएको ‘क्याप्टेन’ फिल्मबाट उपासनाले नेपाली चलचित्रमा पाइला टेकेकी हुन् । क्याप्टेनमा उनको अभिनय रुचाइएको छ । त्यसपछि उनी कबड्डी’मा अनुबन्धन भइसकेकी छिन् । पहिलो फिल्मपछि लगतै दोस्रो फिल्म पाउनु नेपाली अभिनेत्रीका लागि सफलता नै मानिन्छ ।

सुहाना थापा
नेपाली चलचित्रकी सदाबहार अभिनेत्री तथा निर्देशक झरना थापाकी सुपुत्री हुन् सुहाना थापा । आमाले नै निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर–३’ बाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । डेब्यूमै उनले नेपाली चलचित्रका स्टार अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गर्न पाउने भएकी छिन् । २९ चैतदेखि प्रदर्शनमा उनको पहिलो फिल्म आउँदैछ । उनी पहिलो फिल्ममा सफल अभिनेत्रीको छाप छोड्न सक्छिन या सक्दिँनन् त्यो भने चैत पछाडी नै थाहा होला ।

आश्मा गिरी
अभिनय र सुन्दरताको राम्रो प्रसंसा पाएकी आश्मा गिरीले पनि २०७५ मै रजतपटमा पाइला टेकिन । ‘ड्रिम गर्ल’ बाट रजतपटमा पाइला टेकेकी आश्मालाई सुन्दर अभिनेत्रीका रुपमा चर्चा गर्न थालिएको छ । तर उनको पहिलो फिल्मले भने राम्रो ब्यापार गर्न सकेन । तर उनी म्युजिक भिडियो र विज्ञापनमा ब्यस्त भएकी छिन् ।
प्रियंका एमभी
लामो समयदेखि अभिनत्री बन्ने चाहना बोकेकी प्रियंका २०७५ मा सफल भइन । ‘क्याप्टेन’ फिल्मबाट उनले डेब्यू गरिन । एमबीएको अध्ययन र अभिनयलाई उनले एकै साथ अगाडी बढाइरहेकी छिन् । क्याप्टेनबाट खास्सै सफलता पाउन नसकेपनि उनी राम्रो प्रतिभा भएकी अभिनेत्री हुन् ।
निरिशा बस्नेत
नेपाली चलचित्रका निर्देशक शिव बस्नेतकी छोरी हुन् निरिशा बस्नेत । फिल्म परिवारवारकै सदस्य निरिशाले ‘जानी नजानी’ फिल्मबाट आफ्नो पाइला टेकेकी छिन् । चैत १ बाट प्रर्दशनमा आएको ‘जानी नजानी’ले धेरै ब्यापार भने गर्न सकेन । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् ।

सुभेक्षा खड्का
सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल हात पारेकीसुभेक्षा खड्का ब्युटी प्याजेन्ट, भिजे, मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी अभिनेत्री हुन् । माघ १८ देखि प्रदर्शनमा आएको ‘रणवीर’बाट उनले नेपाली चलचित्रमा पाइला टेकेकी हुन् ।

करुणा श्रेष्ठ
माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सयकडा दश’बाट रजतपटमा डेब्यु गरेकी नायिका हुन् करुणा श्रेष्ठ । ‘मिस कलेज २०१२’ को विजेता भएपछि कलाकारिताकमा होमिएकी श्रेष्ठ विज्ञापन, म्युजिक भिडियो अभिनयसहित फिल्ममा होमिएकी छिन् । तर उनको पहिलो फिल्मले राम्रो ब्यापार भने गर्न सकेन ।
कमला वली
अभिनेत्री रेखा थापाको देनबाट १५ बर्षीया कमला ओली नेपाली फिल्मकी अभिनेत्री बनेकी छिन् । १६ कार्तिकमा उनले अभिनय गरेको मालिका फिल्म प्रर्दशनमा आएको थियो । मध्यपश्चिमका पहाडी जिल्लामा हुने बाल विवाहलाई बिषयबस्तु बनाएर चललिचत्र निर्माण गरिएको थियो । सानै देखि बालविवाह देखेकी कमलालाई रेखा थापाले अभिनेत्री बनाएकी हुन् । जहाँको कथा त्यहीँकै कलाकार खोज्ने क्रममा कमलालाई फिल्ममा अवसर दिइएको थियो ।
कामना भुजेल
‘छिरिङ’बाट नेपाली चलचित्रमा कामना भुजेलले डेब्यू गरेकी छिन् । तर दुर्भाग्य उनको पहिलो फिल्मले राम्रो ब्यापार गर्न सकेन । गायक यस कुमारसँग सहकार्यमा फिल्ममा आएकी थिइन । तर पहिलो फिल्म उनको सफल हुन सकेन ।एस काठमाण्डौं

Leave a Reply

Your email address will not be published.