इलामको मंगलबारेमा साहित्य महोत्सव

Mukya Samachar कला संस्कृति घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन

इलाम: इलामको देउमाई नगरपालिकाको मंगलबारेमा ‘देउमाई साहित्य महोत्सव २०७५’ शुरु भएको छ । दुइ दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले गर्नुभएकोथियो ।

देउमाई साहित्य महोत्सवमा प्रा डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यको बारेमा चर्चा गर्नुभयो , मदन पुरस्कार विजेता नारायण वाग्ले, एपीवान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्री, मदन पुरस्कार विजेता राजन मुकारुङ समेतले प्यानल डिस्कसनमा भाग लिनुभएको थियो ।
महोत्सवमा स्थानिय भाषा र साहित्य ,समकालीन साहित्य , सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा ,युवा अवसर र नेतृत्व , साहित्य र राजनीतिका विषयमा प्रवचन पस्तुति हुने भएको छ ् ।

महोत्सवमा साहित्यकार, कलाकार, पत्रकार, लेखक, विश्लेशक लगायतको उल्लेख्य उपस्थिती रहेको आयोजक समाजका लागि युवा का अध्यक्ष मोती गौतमले वताउनुभयो । महोत्सवको दोस्रो दिन आज योगेश भट्टराई , प्रदिप पौडेल समेतका युवा नेतृत्वहरुको विचार प्रस्तुति हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.