शिबको साख !!

शिबको साख !!

महेश आचार्य, काठमाडौं:

नयाँ टोपी किनेर खुसी हुँदै कोठा छिरेका सन्नीलाइ टोपीको आकार मिल्दैन । सन्नीको भाग्य पनि नमिलेको टोपीजस्तै बिम्बात्मक छ । जीन्दगीमा आफुभन्दा बढी माया गरेको ज्योत्सनालाई आफ्नो अङगालोबाट खोस्ने पक्काजस्तै भएपछी बिद्रोह छोडेर शालिन भाबमा ‘ मेरो भागको खुसी तिमिलाइ मिलोस ’ भन्न बिबश छन सन्नी ।
प्रसङ्ग चर्चित गायक शिव परीयारले गाएको नयाँ गीत ‘आँशुको अर्थ २’ को हो । गीतको मर्मलाइ बिम्बात्मक ढङ्गमा उत्कृष्ट दृश्य बुनेका निर्देशक निकेश खड्काले गीतका धेरै दृश्यमा दर्शकलाई चसक्क पार्न सफक भएका छन भने सधै झै आफ्नै सङ्गीत र स्वरमा शिव गज्जब जमेका छन । उदयराज पौडेलले संयोजन गरेको सङ्गीतलाइ महेश्वर मान राजभण्डारीले स्टुडियो साउन्डमिलमा शिबको जादुमयी स्वरमा सर्लक्क मिसाइदिएका छन ।

श्रीस्टी थापा मगरले श्रीङ्गारेका सन्नी र ज्योत्सना योगी सहितका कलाकारहरुको बुद्ध थापाले खिचेका आकर्षक दृश्यहरुमा बिकाश धमलाले सहि ठाउँहरुमा कैँची चलाउदा गीत दोर्होयाएर हेर्न मन लाग्ने बनेपनी बिहेघरमा हुनुपर्ने तामझाम र भिडभाडको दृश्य भने अलि कमि महसुश गराउछ ।

करोड क्लबमा पुगेको गीत ‘आशुको अर्थ’को दोश्रो भागको रुपमा रबि अधिकारीको शब्दलाई शिव परीयारले आफ्नै सङ्गीतमा मन छुनेगरी गाएका छन । केहिदिन अघि आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको उक्त गीत युवामाझ लोकप्रीय बनेको छ ।

भिडियो