गायक द्रोण पराजुलीले ल्याए शिक्षामा विकासबादी गीत

मनोरञन

विकासशबादी संगीतको अभियानमा जुटेका नव गायक द्रोण पराजुलीको शिक्षाको आमुल परिवर्तन गरी देश विकासको सपना सहितको दोस्रो सिर्जना आम स्रोता माझ आएको छ ।

शिक्षालाई देशको मेरुदण्ड मानेर यसको विशेष विकास गर्नैै पर्ने महत्वपूर्ण सोचलाई पराजुलीको विकासबादी गीतले उठाएको छ । सीप संस्कार र प्रविधिको सही व्यवस्थापन र पठन पाठनबाट विद्यार्थीको समग्र विकास हुने र युवाहरु रोजगार र उद्यमी बन्ने सोचलाई संगीतले विशेष जोड दिएको छ ।

आजको सैद्धान्तिक शिक्षा भन्दा माथि उठेर जल, जंगल, जडिबुटी, पर्यटन, खनिज, आविश्कार, बिज्ञान तथा व्यवहारिक शिक्षा निर्माण गर्ने पाठ्यक्रम, पाठ्यसामग्री तथा पठनशैली विकास गर्न सके मात्र देशमै युवा विद्यार्थीहरु सक्षम बन्न सक्छन् अनि मात्र आफुमा संभावना र समाधान सहितको तेस्रो नेत्र खुलाई नेपालको विकासमा अभियानता बन्न सक्छन् भन्ने परिकल्पनाको विकास गरिएको छ ।

गीत संगीतलाई समाज विकासको साधन बनाउन सकिन्छ र समाज, शिक्षा, संस्कार र देशको सकारात्मक परिवर्तन ल्याउन विकासबादी संगीतको अभियान जरुरी मानेर यो यात्रा शुरु गरेको बताउछन् गायक द्रोण पराजुली ।

भिडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.