सिने जगतका २ जोडी विवाह बन्धनमा बाँधिदै

मनोरञन

काठमाडौँ:

 नेपाली सिनेमा क्षेत्रका आज दुई प्रेम जोडी विवाह बन्धनमा बाँधिदै छन् । नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई त्यस्तै निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शमशेर जबरा बैवाहिक जीवनमा बाँधिएका हुन् ।

एश्वर्य फिल्मबाट नै यी दुईको प्रेम चर्चा चलेको थियो । उनीहरुले सामाजिक सञ्जालमाफर्त स्टाटस लेख्दै आफुहरुबीच प्रेम सम्बन्ध नरहेको भन्दै स्पष्टीकरण दिए तर पछि उनीहरुले नै कोर्ट म्यारिज गर्दै आफनो प्रेमलाई स्वीकार गरेका थिए ।

आफनो सम्बन्धको खुलासा भएसंगै दुबैले एश्वर्य फिल्मभन्दा अघिबाट नै आफुहरुबीच प्रेम सम्बन्ध रहेको खुलाए ।

त्यस्तै प्रज्जवलकै फिल्म इन्टु मिन्टु लण्डनमाबाट निर्देशकको रुपमा उत्रिएकी चर्चित कोरियोग्राफर समेत रहेकी रेनशा प्रज्जवलसंग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी थिइन् ।उनीहरुले आफ्नै धार्मिक रीतिरिवाज अनुसार बिवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.