ब्रेकअपको ३ वर्षपछि कट्रिनाले खोलिन रणवीरको पोल

मनोरञन

कट्रिना कैफ बलिउडमा उदाउँदी एक नायिकाको रुपमा चिनिन्छन् । उनले सामाजिक सञ्जालमा भने लामो समयपछि मात्र प्रवेश गरेकी थिइन् । उनले सन् २०१७ मा इन्स्टाग्राममा डेब्यु गरेकी थिइन् ।

 त्यसयता उनको फलोअर्सको संख्या २ करोड १० लाख पुगेको छ । उनलाई इन्स्टाग्राममा ल्याउने श्रेय रणवीरलाई जान्छ । यो कुरा कट्रिना आफैंले पनि स्वीकार गरेकी छिन् । उनले रणवीर फेक अकाउन्ट पनि रहेको र उनले नै आफूलाई इन्स्टाग्राम चलाउन सिकाएको बताएकी थिइन् ।

कट्रिना र रणवीर ७ वर्षसम्म प्रेमसम्बन्धमा थिए । सन् २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । केही दिनअघि एक कार्यक्रममा उनीहरुको भेट भएको थियो । भेटमा दुवैले हालखबर सोधेर आफ्नो बाटो तताएका थिए ।

कट्रिनाले पछिल्लो बयानमा आफूलाई त्यो समयमा ब्रेक लिनु नै जरुरी रहेको बताएकी छिन् । उनले यो सम्बन्ध अन्त्य हुनुमा आफू पनि जिम्मेवार रहेको बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published.