रोङमा प्रतिभा पहिचान कार्यक्रम

मनोरञन समाज
रोङ: वाल प्रतिभाको खोजी गदै इलामको रोङ गाउपालिकामा रहेको बिद्यालयहरुका बालप्रतिभा छनौट कार्य सम्पन्न गरियो ।
  नेपाल सरकार शिक्षा मन्त्रालयले अघि सारेको वाल प्रतिभा खोजी कार्यक्रम अनुसार हरेक बिद्यालयमा रहेका लुकेर रहेका प्रतिभाहरुलाइ प्रस्तुतिकोलागि  प्रेरित गर्ने कार्यक्रमअनुसार आज इलामको रोङ गाउँपालिका स्तरिय प्रतिभा खोजी कार्यक्रम आज रोङ गाउँपालिकाको शान्ति निकेतन माध्यामिक बिद्यालयमा गरिएको हो । रोङगाउपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाको सबै बिद्यालयहरुलाई आमन्त्रण गरिएको भएपनि कार्यक्रममा शान्ति निकेतन मा.कि कुटीडाडा , सरस्वती मा. बि भालुझोडा र कुवापानी मा.बि जिर्मलेले सहभागिता रहेको  शिक्षक भूपाल खड्काले बताए । कार्यक्रममा भाष साहित्य बिधामा शान्ति निकेतनका स्र्पस राइ,चित्रकला, संगित र गणितका बिधामा पनि शान्ति निकेतन मा.बि कै प्रतिभाहरु क्रमस प्रज्ञा राइ, सिमरम राइ र दिक्ष भुजेल छनौट भएका छन् । गाउपालिका स्तरिय प्रतियोगितामा छनौट भएका प्रतिभाहरुले आगामी २३ गते हुने जिल्ला स्तरिय प्रतिभा छनौटकार्यक्रममा सहभागि हुने बिद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताए ।          

Leave a Reply

Your email address will not be published.