इलाममा फेसन फोटो आर्ट कन्टेस्ट हुँदै

इलाममा फेसन फोटो आर्ट  कन्टेस्ट हुँदै

इलाम: इलाममा फेसन फोटो आर्ट कन्टेस्ट प्रतियोगीता आयोजना गरिएको छ । फेसन प्रतिको रुचि प्रष्फुटन गर्ने उद्देश्यले सम्पदा किड्स क्लवले आयोजना गरेको प्रतियोगीतामा शिखर फोटो स्टुडियो इलामले प्राविधिक सहयोग गरेको छ । असार १ गतेबाट शुरु भएको प्रतियोगीतामा सहभागी बन्न साउन २० गते सम्मको समय तोकीएको छ ।

सहभागी बन्ने युवायुवतीले शिखर फोटो स्टुडियोबाट समय लिई फोटो सुट गराउन सक्ने छन् । सामाजिक संजालमा पाएको लाईक र भ्र्युसका आधारमा उत्कृष्ठ प्रतियोगीको छनौट गरिने सम्पदा किड्स क्लवका संचालक राजेस पराजुलीले जानकारी दिनु भयो । हाल सम्म १५ जनाले प्रतियोगीतामा सहभागीता जनाई सकेको शिखर फोटो स्टुडियोका संचालक सन्दिप प्रधानले बताउनु भयो । प्रतियोगीतामा जम्मा २५ जनाको सहभागीता रहेने छ । प्रतियोगीतामा सहभागीले बिभिन्न पुरस्कार पाउने छन् ।

सहभागीका केहि तस्विरहरु