इलाम सदरमुकाको दुई सय बर्षे इतिहास बोकेको गीत ‘इलाम हाम्रो गौरव’सार्वजनिक (भिडियो सहित)

Mukya Samachar Special News Trending मनोरञन

प्रेम अधिकारी, इलामः
इलाम जिल्लाका ऐतीहासीक बिषय बस्तुलाई समेटेर तयार गरिएको इलाम हाम्रो गौरव गीतको भिडियो सार्वजनिक भएको छ । इलाम सदरमुकाम(खलङ्गा) स्थापनाको दुई सय बर्ष पुगेको अवसरमा इलाम नगरपालिका साहित्य ,कला ,संगीत प्रतिष्ठानद्धारा निर्मित उक्त गीतको भिडियो आईतबार नै इलाममा लोकार्पण गरी सबै कुरो युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


प्राज्ञ तथा गीतकार कोमल निरौलाको शब्द , गायक तथा संगीतकार डेनी निरौलाको संगीत रहेको उक्त गीतको एरेन्ज कुमार थापाले गरेका छन् । गीतमा डेनी निरौला , झुमा निरौला, जुना प्रसाई। सर्मिला आचार्य, टिका प्रसाई, कमल श्रेष्ठ र कृष्ण भट्टराई लगायतका कलाकारको स्वर रहेको छ । गीतकार कोमल निरौलाले गीतको शब्दमा इलामका ऐतीहासीक क्षेत्र समेटने कोशी गरिएको बताउनु भयो । रचनाकार निरौलाले गीतको एकपटक सुन्दा इलाम सदरमुकाममा बढी केन्द्रित भए पनि इलामका मुख्य पर्यटकीय क्षेत्र संग सम्बन्धित रहेको बताउनु भयो ।

एबीसी नेपाली सगको कुराकानीमा उहाले भन्नु भयो ‘यो गीतको रचनाको गर्भ भनेकै इलामको पर्यटनमा केन्द्रित छ , इलामको दुई सय बर्षको गौरव त छदै छ अझै दुई सय बर्ष यस गीतबाट इलाम बचाउन सकिन्छ भन्ने हो ।’ उक्त गीतको म्यूजिक भिडियो शिखर प्रोडक्सन इलामले तयार पारेको छ । इलामका पर्यटकीय स्थलका बिभिन्न दृश्य समेटीएको उक्त गीतको सम्पादन सन्दिप प्रधानले गरेका छन् । गीतमा स्थानीय कलाकारह?ले अभिनय गरेका छन् ।
भिडियोः

Leave a Reply

Your email address will not be published.