प्लस टु पुस्ताको मेकअपः कस्तो ?

मनोरञन रोचक

एसईईको परिक्षाफल प्रकाशित भएपछि यतिबेला धेरै जना किशोर(किशोरीहरु उच्च शिक्षा ९कक्षा ११० अध्ययनका लागि कलेज जाने तयारी गर्दैछन् । यतिबेला उनीहरु विभिन्न कलेजहरुका लागि प्रवेश परिक्षा दिइरहेका छन् भने प्रवेश परिक्षा उत्तिर्ण भएकाहरु विभिन्न कलेजमा भर्ना समेत भैरहेका छन् । ए लेभलमा अध्ययन गर्नेहरु त केही महिनाअघि नै कलेज पुगिसकेका छन् ।

कलेज जाने टिनएजर युवा(यवतीहरु आफुलाई अरुभन्दा पृथक राख्नका लागि विभिन्न प्रकारका तयारीहरु गर्छन् । युवकभन्दा पनि युवतीहहरु त्यसका लागि एक कदम अगाडि हुन्छन् । हरेक युवतीमा आकर्षक देखिने इच्छा हुन्छ ।

कलेज जाने युवतीहरूमा त को भन्दा को कम भन्ने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन धेरथोर मेकअप त गर्नैपर्छ । धेरैजसोले राम्री देखिने होडमा बजारमा आएका नयाँ प्रोडक्ट प्रयोग गरी अनुहारको छाला बिगारेको समेत पाइन्छ । त्यसकारण हरेक युवतीलाई आफ्नो मेकअप कीटमा कुन(कुन सौन्दर्य सामग्री हुनुपर्छ भन्ने जानकारी आवश्यक छ ।

आफु सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु अनिवार्य हुन्छ । मेकअप प्रोडक्ट पनि उच्च गणुस्तरीय हुनु पर्छ ।

अनुहारमा आफ्नो उमेर अनुसार प्राकृतिक लुक्स कायम गर्न सक्नुपर्र्छ । विशेषगरी कलेज जाने युवतीको मेकअप भड्किलो हुनु हुँदैन । उनीहरुलाई हल्का अर्थात् लाइट मेकअप नै उपयुक्त हुन्छ ।

आफ्नो सुन्दरतामा निखार ल्याउन कसरी प्राकृतिक लुक्स प्राप्त गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कम उमेरका अथवा कलेज जाने युवतीले मेकअप कीटमा गाजल, मस्कारा, लिपिस्टिक, फाउन्डेसन आदि प्रोडक्ट राख्न सक्छन् । आफूसंग सौन्दर्य प्रशाधन भएर मात्र हुँदैन, त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नु पर्छ ।

गाजल

सौन्दर्य प्रसाधनको सही छनोट र प्रयोग गर्ने कुरामा होसियार हुनुपर्छ । गाजल अनुहारको अँध्यारोपन गाजल लगाउँदा हट्छ र यसले अनुहारलाई हाइलाइट गर्छ । बजारमा धेरै प्रकारका ब्रान्डेड गाजल खरिद गर्न सकिन्छ । त्यसमा सबैभन्दा राम्रो जेल गाजल हुन्छ( जेल गाजल, यो जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । गाजलले आँखालाई आकर्षक बनाउन सहयोग गर्छ ।

जेल गाजल दुई प्रकारका हुन्छन्( नर्मल जेल र पेन्सिल जेल । नर्मल जेलले आइब्रस गर्न सहयोग गर्छ भने पेन्सिल जेलले आँखालाई आकार दिन्छ । जेल गाजल वाटरप्रुफ हुने भएकाले लामो समय टिकाउ हुन्छ

फाउन्डेसन

फाउन्डेसन फाउन्डेसन मेकअप बेसका लागि उपयुक्त हुन्छ । यसलाई लगाएपछि छालामा चमक आउँछ । फाउन्डेसन लगाएर मेकअप गर्दा मेकअप लामो समय टिक्छ । त्यसकारण मेकअप कीटमा फाउन्डेसन आवश्यक हुन्छ । मेकअप कीटमा फाउन्डेसन जति आवश्यक हुन्छ, त्यति नै खरिद गर्दा ध्यान दिनुपर्छ । धेरैलाई आफ्नो स्किन टोनमा फाउन्डेसन म्याच हुन्छ कि हुँदैन भन्ने जानकारी हुँदैन ।

कम्प्याकट अथवा लुज पाउड

कम्प्याक्ट अथवा लुज पाउडर पाउडर लगाएपछि मात्र मेकअप बेस पुरा हुन्छ । लुज पाउडरले अनुहारको सेप बनाउँछ । त्यसकारण कम्प्याक्टको छनोटमा पनि पर्याप्त ध्यान दिनुपर्छ । स्किन टोन अनुसार कम्प्याक्ट छनोट गर्नुपर्छ ।

त्यसमा सेतो वा पहेंलो टोनका लुज पाउडर खरिद गर्न सकिन्छ । यद्यपि लुज पाउडरको प्रयोग बढि मात्रामा गर्नु हुँदैन किनभने यसको थोरै प्रयोगले पनि अनुहारमा चमक आउँछ । कान, घाँटी तथा हातमा पनि यो पाउडर लगाउनु पर्छ, किनभने शरीरका खुल्ला भाग एउटै रंगको देखिए मात्र मेकअप राम्रो हुन्छ ।

लिपिस्टिक

लिपिस्टिकले अनुहारको चमक वृद्धि गर्छ । गुणस्तरीय लिपिस्टिकले ओठलाई मुलायम तथा आकर्षक बनाउँछ । आफ्नो ओठको कलर टोनअनुसार नै लिपिस्टिक प्रयोग गर्नुपर्छ । मौसम तथा आफुले लगाएको पहिरनको कलरसँग मिल्ने रंगको लिपिस्टिक लगाउनु उत्तम हुन्छ ।

अहिले बजारमा लामो समय टिकाउ हुने तथा वाटरप्रुफ लिपिस्टिक आएका छन्, त्यस्ता लिपिस्टिक बिहान लगाए बेलुसकासम्म रहन्छन् ।

लिपबाम

लिपिस्टिकबाट एलर्जी हुनेहरूले लिपबाम प्रयोग गर्न सक्छन् । बजारमा कलर वा कलरलेस दुवै प्रकारका लिपबाम उपलब्ध छन् । ओठमा चमक मात्र दिन लिपबाम नै पर्याप्त हुन्छ । त्यसैले लिपिस्टिकको साटो कलर लिपबाम पनि लगाउन सकिन्छ ।

आइब्रो पोलिस

मेकअप कीटमा आइब्रो पोलिस हुनु आवश्यक छ । कसैको आइब्रो नमिलेको हुन्छ । त्यतिबेला आइब्रो पोलिस काम आउँछ । बिग्रिएको आइब्रोलाई सेप दिन आइब्रो पोलिस नै लगाउनु पर्ने हुन्छ । डार्क ब्राउन कलरको आइब्रो पोलिस प्राकृतिक हुन्छ ।

टोनर

अनुहारको मेकअप राम्रो गरेर मात्र हुँदैन, सफा पनि गर्नुपर्छ । त्यसकारण आफ्नो मेकअप कीटमा टोनर छुट्नु हुँदैन । घरबाहिर जानुअघि र बाहिरबाट घर फर्किएपछि टोनिङ गर्नु आवश्यक हुन्छ । टोनरले अनुहार सफा बनाउँछ । मोइस्चराइजर टोनरले अनुहारका कोषहरू खुल्ला गर्छ । त्यसकारण कोषहरू बन्द गर्न पनि मोइस्चराइजर गर्नुपर्छ । नाइट क्रिम एवं अन्डर आइ क्रिम राति सुत्नुअघि ब्रान्डेड नाइट क्रिम लगाउनु पर्छ । यसले अनुहारको छालालाई कसिलो बनाउँछ । आँखामुनि डार्क सर्कल छ भने अन्डर आइ क्रिम लगाउन छुटाउनु हुँदैन । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.