थपलियालाई जसुदा स्मृति प्रतिभा पुरस्कार

प्रमोसन मनोरञन

इलाम: लेखक कवि बालिका थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा स्थापना गरिएको दश हजार एक सय एक रुपैयाँको राशीको पुरस्कार थपलियालाई प्रदान गरिएको हो । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्र्वद्धन समितीको आयोजनामा नेपाली साहित्यमा योगदान गरिएको भन्दै थपलिया पुरस्कृत भएकी हुन । उनलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र विशिष्ट नागरिक युद्धप्रसाद बेद्यले संयुक्त रुपमा प्रदान गरे ।
देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियाले कविता, गजल र गीत गरेर तीन हजार सिर्जना गरेकी छिन । पुरस्कार वितरण कार्यक्रमको अवसरमा श्रष्टाहरुले कविता बाचन गरेका थिए । अघिल्लो बर्ष यो पुरस्कार युवा पुस्ताका सर्जक अन्वेश थुलुङ्लाई प्रदान गरिएको थियो । जसुदाको स्मृतीमा उनका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधानले पुरस्कार स्थापना गरेको भानु प्रतिमा संरक्षण तथा साहित्य प्रर्वद्धन समितीका अध्यक्ष विमल बैद्यले बताए । लोकलशन्देशबाट

Leave a Reply

Your email address will not be published.