संचारकर्मी रेश्मीको तीज गीत बजारमा (भिडियो सहित)

प्रमोसन मनोरञन


काठमाण्डौं:
संचारकर्मी रेश्मी कार्कीको तीज गीत बजारमा आएको छ । २०७६ सालको तीज नजिकीदै गर्दा संचारकर्मी तथा कलाकार रेश्मी कार्की र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’ बोलको गीत बजारमा आएको हो ।
ओएसआर डिजिटलको युटुब च्यानल मार्फत बजारमा ल्याईएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ । उदयराज पौडेलको एरेन्ज गर्नु भएको गीतमा बिकास चौधरीको संगीत रहेको छ । गीतमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ । गायीका कार्कीले नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज भएकाले पहिलो गीत तीजकै गाएको बताउनु भयो । उहाले मौलीक परम्परा बोकेको गीत ल्याएकाले दर्शक स्रोताले मनपराउने दावी गर्नु भयो ।
गायीका शोभा गौतमका केहि गीत यस अघि नै बजारमा आईसकेका छन् । गायीका कार्की पूर्वमा जन्मीए पनि अहिले स्थाई रुपमा मकवानपुरको हेटौडामा बस्नुहुन्छ । कार्की मकवानपुर क्रियासीस पत्रकार महिला (डब्लुडब्लुजे) को जिल्ला अध्यक्ष हुनुहुन्छ ।

भिडियो

Leave a Reply

Your email address will not be published.