कविता: ओ मार्क्स

Special News मनोरञन



मातृका दाहाल,इलाम



ओ मार्क्स
तिमिले कल्पना गरेको
समाजबाद हेर्न
पुनर्जन्म लिएर नेपालमण्डल आउ
तिम्रा लेन्डुपे भक्तहरुले
लामो अवधिदेखी
पुर्बका लिम्बुहरुको
स्वत्व सिध्याएर
रोङ्ग,मिथिला,कोच

ताम्सालिङ्ग सिध्याएर
मल्लहरुको नाक र कान
बिस्णुमतिलाइ भोग दिएर
जातिय स्वत्व सिध्याए
पहिचान निले
कथित एकीकरण गरिरहे
भौगोलिक

ल्याइरहे समाजबाद !
अझै पनि केही थान लिम्बुहरु
अग्रस्थानमा लम्किरहे !!!
उपेन्द्र,हाङ्युग आदि आदि चार इन्चेहरु११
स्वते र गते थारुहरु
केही थान गुरुङ,भोटे,मगरस चिम्सेहरु
अब तिम्रो समाजबाद बचाउन नि
मार्क्स
ब्रुनोलाइ झै जिउदै जलाउनुपर्छ
यी थेप्चेहरुलाइ
सुम्निमा र पारुहाङ्ग्को कसम खाने
तिम्रो समाजबाद बिरोधिहरुलाइ !
तिन्ले त प्रतिक्रान्ती पो गर्न आटे मार्क्स
स तिमी बुझ्छौ नि हैनरुरु
ग्रिक क्यासेन्ड्रा जस्तो
उपेन्द्र र हाङयुगहरुलाइ
जिउदै छोडेर
साइबेरियाको जेलमा
झुटो मुद्दामा
आजिबन काराबास पाएको
निर्दोश बृद्धझैं
तिमी तिम्रा पापी सन्तानहरुको
दास भैराछौ
अब ठिक भो
मार्क्सका नवावतारहरु
कोहि दाहल,ओली
कोहि काजि र मगर
आदि आदिहरु
चाडै तिम्रो सपनाको समाजबाद
स्थापना गर्दैछन !
तिमी ढुक्क हुनु
मार्क्सवाद बिज्ञान हुनुको नाताले
गतिमा छ नि
त्यसैले त तिम्रा नया अवतारहरु
अवतरण भैरहे
जो तिमिजस्तो
अभाबमा हैन
सन्सारकै सबभन्दा सप्पन्न बनेर
बाच्या छ्न
स्वर्गैबाट स्याबासी देउ है मार्क्स !
चिन्ता नगर गर्दै नगर
तिम्रो दर्शन
बाइबल,कुरान,गीता र
बेद झै फेर्नै नमिल्ने

हैन निरुरुरु
त्यसैले धन्य मार्क्स
अ्मर,अजर रहिराख
तिम्लाइ मेरो पनि आसिर्बाद

Leave a Reply

Your email address will not be published.