निलम बनिन् विनर, विश्व फोटोग्राफीका अवसरमा दुई जनालाई सम्मान

Special News Trending मनोरञन


इलाम: १८० औँ विश्व फोटोग्राफी दिवशको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ विनर इलाम जमुनाकी निलम गुरुङ भएकी छन् । उनले उपाधिसँगै भिबो ९० सि एन्ड्रोइड फोन सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र हात पारेकी छन् । प्रतियोगिताको फस्ट रनर अफ रिता श्रेष्ठ सेकेण्ड र सेकेण्ड रनर अफ भावना खपांगी घोषित भएका छन् । उनीहरुले पनि ट्रफी सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा इलामका विशिष्ठ नागरिक युद्धप्रसाद बैद्य र नेपाल पत्रकार महासंघ इलामका पूर्व उपाध्यक्ष रोहितचन्द्र भट्टराईले पुरस्कार वितरण गरेका थिए ।
इलामको मिसन इलाम, सम्पदा किड्स र शिखर प्रोडक्सन हाउस इलामले सञ्चालन गरेको प्रतियोगितामा जिल्लाका १५ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए ।
सोही कार्यक्रममा इलामका पुराना फोटोग्राफर सञ्जय प्रधान र युवा ब्यवसायी लाब्साङ शेर्पालाई सम्मान गरिएको थियो । प्रधानले फोटो र भिडियोका क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै र शेर्पालाई शारिरिक अशक्तता भएर पनि सक्षम ब्यवसायी तथा युवाहरुलाई रोजगारी प्रदान गरेकाले सम्मान गरिएको हो ।

शेर्पा जिल्लाका युवा समाजसेवीका रुपमा समेत परिचित छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बैद्यले सम्मान पत्र सहित खादा र मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै उदयमान फोटो ग्राफीका रुपमा इलामका माधव लुईटेललाई समेत प्रशंसा पत्र प्रदान गरिए

Leave a Reply

Your email address will not be published.