आहा ! यस्तो पो गीत । आयो, अन्जु पन्तको आवाजमा …..

Special News प्रमोसन मनोरञन

इलाम:
चर्चित गायिका अन्जु पन्तले हजारौ नेपाली गीत गाउनु भएको छ । वहाँलाइ आफ्ना सबै गीतहरु उत्तिकै मन पर्छन । नेपाली सुगम सङ्गीतको शिखरमा बसेर सबैलाई सरल र समान व्यबहार गर्ने अन्जु पन्तले भर्खरै गीतकार महेश आचार्यको शब्द र सङ्गीतकार राम सिटौलाको सङ्गीतमा नेपाली सुगम सङ्गीतकै उत्कृष्ट गीत गाउनु भएको छ ।
बोल्दाबोल्दैको जीवन, खेल्दाखेल्दैको जीवन कुन बेला के हुने हो? भन्ने मुल मर्ममा लेखीएको उक्त गीतले सबैलाई एकचोटी जिन्दगीको बारेमा गहिरोगरी सोच्न बाध्य बनाउछ । सङ्गीतका १२ वटै नोट बोकेको उक्त गीत सङ्गीतको हिसाबले समेत ऐतिहासिक साङ्गीतिक दस्ताबेज भएको गीतकार आचार्यले बताउनु भयोे । नयाँ पुस्तालाई सङ्गीतको अभ्यास गर्नमात्र हैन सङ्गीतका सबै रियालिटी शो हरुमा समेत उक्त गीत आवश्यक पर्ने संगीतकर्मीहरु बताउछन ।
सङ्गीतकार राम सिटौला उक्त गीत नेपाली सुगम संगीतमा इतिहासकै एउटा खम्बा हुनेमा आफू ढुक्क भएको बताउनुहुन्छ । करिब दुई बर्षदेखि गीतकार आचार्यलाई गायन सिकाइरहनु भएका सिटौलाले उक्त गीत गीतकार आचार्यको जिन्दगीकै उत्कृष्ट गीत बन्ने र अब गीतकार स्वयंलाई समेत अन्य गीत सिर्जना गर्न चुनौती थपीएको तर्क गर्नु भयो ।
गीतका सर्जकहरुमा गीतकार महेश आचार्य , संगीत राम सिटौला, स्वर अन्जु पन्त, एरेन्जर फणिन्द्र राई र मिक्सिङ्गरमास्टरिङ्गमा साजन साह हुनुहुन्छ भने रेकर्डिङ पर्पल स्टुडियो कमलपोखरीमा गरिएको छ । गीतकार आचार्य इलामको माईजोगमाई १ मा जन्मीएर हाल राजधानीलाई कर्मथलो बनाउदै आउनु भएको छ । शिक्षण पेशा र पत्रकारितालाई सगसगै अंगालेका आचार्य इलामबाट संचालित एबीसी नेपाली डटकम अनलाईनका उप सम्पादन तथा भाषा संयोजक समेत हुनुहुन्छ । आचार्यका दर्जनौ गीत यस अघि नै बजारमा आईसकेका छन ।

गीत सुन्न तलको लिंक खोल्नुहोस्:

Leave a Reply

Your email address will not be published.