बिभाजित मन

मनोरञन

गोपाल गिरी

जीत हारको यो लडाइँमा
तिमी र म कोही कसैको
पक्षमा त उभिनै पर्छ ।
कि त जीत,
कि त हार,
नदि किनारा झै
यता उता त हुनै पर्छ ।
नियति भन्ने कि
विवस्ता भन्ने कि
विभाजित भएका
मनहरु,
स्वपनहरु,
ईच्छाहरु,
जीवनका आदर्शहरु
एकै नासका कहाँ छररु
न त अनन्त सम्म हुने छन ।
समाज क्यानभास भित्र पसेर हेर
कतै रोग,भोक र शोकै शोक
कतै ऐस,आराम ,मोज नलागी
यहि परिवेश
कसैको जीवन कस्तो
कसैैको अति दर्दनाक ।
सुन्दर ,कुरुप
असल,खराव
हाँसो ,आँसो
सबै भेटिन्छन् ।
फगत
कुन जीवन बाँच्ने
छुट्याउन सक्नु पर्छ।
विभाजन
तिमी र म बीचको
मात्रै होइन
हाम्रा मनहरुको
हाम्रा चाहनाहरुको
सिङ्गो जिन्दगीकै हो ।
नियति ठानेर
चूप बस्नु कायराको प्रतीक हो
बरु ईतिहास साक्षी राख्दै
दासताको बन्धन चुडाल्न
स्पाटाकर्स झै बन्न सक्नु पर्छ।
कुनै प्रहरमा झुल्कने बिहानीले
हाम्रो फाटेको मन
हाम्रो अलग संसार
एकै बनाएर
दुई ध्रुब कुन हो ?
दुई धार कुन हो ?
हुने को कुन हो ?
नहुनेको कुन हो ?
छुट्टाउने अस्त्र बिहिन
समानताको आयाम पक्कै ल्याउने छ ।

Leave a Reply

Your email address will not be published.