‘इलामे सहर चियाबारी राम्रो ’ को नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

‘इलामे सहर चियाबारी राम्रो ’ को नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं:गंगाराज मुकारुङद्वारा रचित निकै लोकप्रिय गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो‘’ को पुनः गायन गरी म्युजिक भिडियोमा गीतलाई सार्वजनिक गरिएको छ । बुलु मुकारुङको सङ्गीत तथा स्वयम् बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो ।
नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् । सुजन गुरुङले श्रृङ्गार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायाँकन गरेका हुन् ।भिडियो जीवन मुकारुङको निर्देशन र सम्पादनमा तयार भएको छ । उक्त भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजानिक भएको हो ।(मिलाप )

भिडियो