सूर्योदय महोत्सवको प्रचार–प्रसारमा साईक्लिङ

Hot News Mukya Samachar Special News Trending पर्यटन मनोरञन समाज

फिक्कल:इलामको सूयौृदयन गरपालिकाको तीनघरे देखि श्री अन्तु सम्म साईक्लिङ गरिएको छ । सूर्योदय पर्यटन महोत्सवको प्रचार–प्रसारका लागि शुक्रबार तीनघरे , फिक्कल , पशुपतिनगर हुँदै श्री अन्तु सम्म साईक्ङि गरिएको हो ।
मंसिर १४ गते देखि शुरु हुने प्रथम सूर्योदय पर्यटन महोत्सवको प्रचार–प्रसारका लागि सूर्योदय नगरपालिका वडा नम्बर १२ को तीनघरेबाट श्री अन्तु सम्म झापाको प्याक एण्ड प्याडल समुहले साईक्लिङ गरेको हो । झापाको बिर्तामोड र दमकबाट आएका एक दर्जन साईकल राईडर्सले तीनघरे , फिक्कल पशुपतिनगर हुँदै अन्तु सम्म साईक्लिङ गरेको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले बताउनु भयो । तीनघरेमा साईकल राईडर्सलाई सूर्योदय नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष लामा , वडा नम्बर १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज लगायत स्थानीयले बिवाई गरेका थिए । साईकल राईडर्सले तीनघरे , करफोक फिक्कल पशुपतिनगर लगायतका स्थानमा महोत्सवको प्रचार प्रसार गर्दै साईक्लिङ गरेका छन् । साईकल राईडर्सलाई फिक्कलमा सूर्योदय नगरपालिका उप–प्रमुख तथा महोत्सव आयोजक मुल समिति संयोजक दुर्गादेबी भट्टराईले स्वागत गर्दै बिदाई गर्नु भएको थियो । साईकयात्री साँझ पर्यटकीय स्थल श्री अन्तु पुगेका थिए । श्री अन्तुमा स्थानीय पर्यटन ब्यवसायीले साईकल यात्रीलाई भब्य रुपमा स्वागत गरेका थिए । शुक्रबार अन्तुका होमस्टेमा बसेर साईकल यात्री शनिबार समालबुङ हुँदै कन्यामा आउने छन।

Leave a Reply

Your email address will not be published.