सहिद पार्कमा साहित्य बिमर्श

Breaking News Mukya Samachar Special News Trending कला संस्कृति घुमफीर पर्यटन मनोरञन

कन्याम: प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको तेस्रो दिन सोमबार कन्यामको सहिद पार्कमा साहित्य बिमर्श कार्यक्रम सम्पन्न भएको छ । बिमर्श कार्यक्रममा पत्रकार केदार शर्माले पत्रकार तथा लेखक मोहन मैनाली र साहित्यकार हाङ्गयुक अज्ञातलाई साहित्य र समाजका बिषयमा छलफल गराउनु भयो ।
कार्यक्रममा साहित्यकार मुनाराज शेर्माले समग्र कार्यक्रमको बिमर्श गर्दै बदलिदो समाज संग साहित्यको गहिरो सम्बन्ध कायम रहेको बताउनु भयो । शेर्माले एक सय २५ बढी भाषा बोललीने नेपालमा एक सय ३१ जातीले भने जस्तो समाज निर्माण गर्न नसकिदा लोकतन्त्र गणतन्त्र सम्म देश आईपुगेको स्मरण गराउनु भयो । कार्यक्रममा शेर्माले स्थानीय सरकारलाई ब्याङग्य गर्दै भन्नु भयो ‘ स्थानीय सरकारले यस्ता कार्यक्रममा खुवाउने मकैको भात र बोईरलको मासुको पनि हामीले कर नै तिरेका छौ , अव म जस्ता साहित्यकारले बोलेको पनि समयका आधारमा यी सरकारले मुल्य तोक्न सक्नु पर्छ ।’
साहित्यकार शेर्माले छोरी पढाउनु हुँदै भन्ने हाम्रो समाज फेसकुकका कारण बिवाह नभएकाहरुको बिवाह हुने अवस्थामा आएको बताउनु भयो । पछिल्लो समय देशमा भैरहेको हत्या, अपराध र राजनीतिक हस्तक्षेप प्रति लक्षित जस्ता बिसयमा लक्षित गर्दै न्यायलय बिकेर लोकतन्त्रको बरणी लाप हुने अवस्थामा पुगेको औल्याउनु भयो ।
बिमर्श कार्यक्रममा साहित्यकार तथा पत्रकार मैनालीले जुन स्थानमा आफु पुगिन्छ त्यहाको वास्तबिक्ता नै साहित्यमा उजागर गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ नेपालीलाई नेपाल बुझाउन पत्रकारिता अझ आवश्यक छ । ’त्रकार मैनालीको उपल्लो मुस्ताङ नामक किताव पठनीय र चर्चीत छ ।
उक्त कार्यक्रममा साहिकार हाङ्गयुग अज्ञातले अहिलेको फिजिकल दुनिया परिवर्तनशिल रहेको औंल्याउन भयो । उहाले भन्नु भयो ‘ हहिलेको बिश्व ब्रह्माण्ड युटुव छ, चलन मात्र जान्नु पर्छ ।’
कार्यक्रममा पत्रकार मैनालीले बरिष्ठ साहित्यका भैरव रिसालले लेखेर पठाउनु भएको इलाम संग सम्बन्धीत कविता वाचन गर्नु भएको थियो । बयोबृद्ध ८० बर्षे शिक्षा विद तथा कवि नरहरी शर्माले इलाम संगै सम्बन्धीत कविता सुनाउनु भयो । कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा , बिमल बैध, लिला अनमोल , वालिका थपलिया , सन्तोष भक्तराज राजलवट ,देवेन्द्र शर्मा , एमपी शर्मा(मातृका दाहाल) , महेन्द्र बिरही लगायत दजनौले कविता गजल वाचन गर्नु भएको थियो । साहित्यकार अर्जुन वेदना राईको अध्यक्षता तथा प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा साहित्यकार एमबी लाप्चाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवि भट्टराईले साहित्य सिर्जनामा लाग्ने सबै प्रति आभार प्रकट गर्नु भएको थियो ।
यस्तै महोत्सवको अवसरमा आजै फिक्कलमा थान नाटक मञ्चन गरिएको छ । श्री अन्तुमा बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चर्चीत गायक रोषन गुरुङले गीत प्रस्तुत गर्नु भएको थियो ।

सुर्योदय नगर पर्यटन महोत्सवको आज तेस्रो दिन,श्रीअन्तुको रातोमाटेमा भएको बृहत् सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आथित्यता ग्रहण गर्नुहुदै नगरप्रमुख रण वहादुर राई।यस्तै गरि कन्याम क्षेत्रमा कविता प्रतियोगिता भएको छ भने फिक्कलमा थान नाटक मन्चन भएको छ।

Leave a Reply

Your email address will not be published.