मनमोहक सन्दकपुर !

Breaking News Mukya Samachar Special News Trending पर्यटन प्रमोसन मनोरञन

इलाम : इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर। देखिन त सूर्योदय जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन जहाँबाट सूर्योदय सूर्यास्त देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ। इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्योदय आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ।
सन्दकपुर गाउँपालिका वडा नम्बर ४ सन्दकपुर ३६३६ मीटरको उचाइमा नेपाल भारत सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ हो । यहाँबाट कात्र्तिक देखि बैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यही मौसममा हिउँ समेत पर्ने र लामो समयसम्म रही रहन्छ । यहाँबाट सगरमाथा कंचनजंघा लगायतका दर्जनौ हिमाल आँखै अगाडी देख्न सकिन्छ ।
नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ। छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजंघा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ। प्छिल्लो समय सन्दकपुर गाउँपालिका र प्रदेश १ सरकार सन्दकपुरको बिकासमा लागि परेको छ । सन्दकपुरमा सुविधा सम्पन्न होटल समेत संचालनमा रहेका छन । इलामबाट यातायतको साधन मार्फत बिभिन्न बाटाबाट सन्दकपुर सहज रुपमा पुग्न सकिन्छ । पछिल्लो समय बिदेशी पर्यटकको रोजाईमा सन्दककपुर परेको छ । विकीपीडियाबाट संम्पादीत समाचार
भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुर पर्यटन क्षेत्र भारतीय पर्यटन नक्सामा नम्बर १ पदमार्गमा राखिएको छ । र भारततीरबाट बर्षेनी डेढलाख बढी पर्यटकहरु सन्दकपुर आउने गरका छन् ।

सन्दकपुर नेपाल भारत भुटानका ६० भन्दा बढी हिमाललाई कुम जोडिएझै १ सय ८० डिग्रीको सोझो सतहमा अंगालो हालेजस्तै आँखा अगाडी अवलोकन गरिने दक्षिण एसियाकै एक मात्र ठाउँ हो । सूर्योदय, सूर्यास्त अनेकौ प्रजातिमा फुल्ने लालिगुराँस हेरेर विश्वभरका पर्यटकले आनन्दित हुन्छन् । सामरिक दृष्टिले पनि महत्वपूर्ण सन्दकपुर नेपालको सबैभन्दा बढी एकैठाउँबाट सगरमाथा, कंचनजङ्गा, मकालु पाथिभरा, कुम्भकर्ण लगायत हिमाललाई नजिकबाट नियाल्ने उत्तम गन्तव्य हो सन्दकपुर । छिनछिमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई धर्तिमै स्वर्गीय आनन्द जस्तो बनाउँछ ।
इलामको चार खोलामध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपूरमा विश्वभरका श्रद्धालु भक्तजनले पुजा गर्दै आएका छन् । सन्दकपुरको डाँडाबाट सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य अनि इलाम झापा र पश्चिम बंगालका अधिकासं गाउँबस्तिहरु हत्केलामा राखेर हेरिरहु जस्तो लाग्छ ।

सन्दकपुर पुग्ने बाटो
सन्दकपुर गाउँपालिका पुग्न झापाको चारआलिदेखि पूर्व पश्चिम राजमार्गलाई छोडि मेची राजमार्गबाट उकालिदै सुनमाईदेखि घुमाउरो बाटो छिचोल्दै कन्याम, फिक्कल, माईखोला हुँदै इलाम सदरमुकाम पुगिन्छ ।
इलाम सदरमुकामबाट बिब्ल्याँटे धारापानी, जसबिरेदेखि चाँपगैरी पुगेपछि सन्दकपुर गाउँपालिको यात्रा शुरु । इलाम सदरकुकामदेखि सन्दकपुर गाउँपालिका केन्द्र पुग्न १८ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । फिककलबाट माईजोगमाईको नयाँबजार हुँदै जोबारीबाट पनि सन्दकपुर पुग्न सकिन्छ । तस्विर महेश राई

Leave a Reply

Your email address will not be published.