चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको निधन

Breaking News Mukya Samachar Special News Trending मनोरञन स्वास्थ्य/शिक्षा


काठमाण्डौ :चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उहाको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।तर, हृदयघातका कारण उहाको निधन भएको कलाकर्मीले सामाजिक संजालमा लेखेका छन।

५४ बर्षको उमेरमा नै निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गर्नु भएको थियो भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.