नेपाल घुम्नको लागि पहिलो गन्तव्य

Breaking News Special News Trending पर्यटन मनोरञन


काठमाडौं: विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नको लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको बताएको छ । फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै चर्चा गरेको छ । फोब्र्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले नेपाल धर्तीकै उत्कृष्ट साहसित गन्तव्य भएको उल्लेख गर्दै चर्चा गरेकी छिन् ।

फोब्र्सले नेपाल साहसिक पर्यटनको लागि उत्कृष्ट ठाउँ भएको उल्लेख गरेको छ । साथै फोब्र्सले नेपाल सुन्दर र शान्त ठाउँ भनि बताएको छ । पार्कर म्यागरले लेखेको आर्टिकलमा नेपालको तराई हुँदै पहाड र हिमाल तिर उक्लँदा असाध्यै स्वर्गीय आनन्द आउने उल्लेख छ । उनले आफ्नो लेखमा नेपालमा घुम्दा सम्झन लायक धेरै ठाउँहरु भएको उल्लेख गरेकी छिन् ।

लेखमा पार्करले फाल्लुको ह्याप्पी हाउस, बर्दिया निकुञ्जको कर्णाली लज अति नै प्रिय र आरामदायी भएको बताएकी छिन् । उनले त्यहाँको होटल तथा रिसोर्टमा असाध्यै आतिथ्यमा पाएको पनि उल्लेख गरेकी छिन् । पार्करले चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज र हिमाली भेगहरु घुम्नलाई असाध्यै उत्कृष्ट भएको उल्लेख गरेकी छिन् ।

पार्करले फोब्र्समा नेपाललगायत अन्य ९ उत्कृष्ट गन्तव्यमा इक्वेडर, न्यूजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को,चीन, फिनल्याण्ड र केन्यालाई राखेकी छिन् ।

यस्तो छ पार्करले फोब्र्समा छापेको लेख :

https://www.forbes.com/sites/katherineparkermagyar/2019/12/11/2020-travel-goals-10-bucket-list-trips-for-the-next-decade/#3b81344a5f9d

Leave a Reply

Your email address will not be published.