सन्सारको भ्यासेक्टोमी र मिनिल्याप गरिदेउ(कविता)

सन्सारको भ्यासेक्टोमी र मिनिल्याप गरिदेउ(कविता)

एमपी शर्मा (मातृका) दाहाल

बलेको शिबबिर्य ताप्दा गर्भिणी भए रे ऋषिपत्नीहरु
भर्जिन मेरिले पनि त निकालिन जेसस
बिस्तारबादको उन्मादले मातेको बिस्मार्ककी आमा
अतिरास्ट्रबादले मातेका हिटलर र मुसोलिनीका माताहरु
कसरी गर्भिणी भए हरुरुरु
सुर्यले सम्भोग गर्दा महापुरुस
हावाले रमाइलो गर्दा हनुमान
एउटी महिला नुहाउदा निस्केको मयलबाटै
सनातनीको प्रथम पुजक गणेश जन्मिने
अनि रमाइलोमा,झोकमा,आबेगमा,निकट सहमतीमा
सम्बोग गर्दा जन्मिने चै
आधा मिलियन मानब भोग खाने
युगान्डेली इदि अमिन दादा
कि भोकमरीमा २५ लाख मानब भोग गर्ने
किन जोङ्ग दितिय कि
वाइट टेरर च्याङ्ग काइ सेक
वा कुर्द,सबक्स,असिरियन्स,म्यानडियन्स
आदिको अस्तित्व कत्लेआम गर्ने आदिवासी बिरोधि
सद्दाम
कम्बोडियाली तानाशाह पागल पोलपोट
वा ब्लोडी निकोलस
यस्ता अनगिन्ती
यस्तो जैबिकी धानीराख्नु भन्दा त ब्रम्हाजी
सन्सारभर एकै निमेसमा भ्यासेक्टोमी
र मिनिल्याप गर्ने ब्यवस्था मिलाइदेउ !!!!